उद्दार सामाग्रि हस्तान्तरण

प्रकाशित समय 8:15 AM
सिन्धुली,३० भदौ – दैविक प्रकोप उद्धार समितिलाई उद्धार सामाग्रि हस्तान्तरण गरेको छ । जिल्लामा दैविप्रकोप उद्धारका क्षेत्रमा क्रियासिल परियोजना सवल कार्यक्रमले शुक्रवार कार्यवाहक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई एक औपचारिक कार्यक्रमका विच उद्धार सामाग्रि हस्तान्तरण गरेको हो ।



लाईफ ज्याकेट, ट्युव, आगो निभाउने यन्त्र, डोरी, फोकस टच लाईट, हेड लाईट, रेस्क्यू जर्सी लगाएतका १९ थरि सामाग्रि हस्तान्तरण गरेको सवल परियोजनाका संयोजक सुरेश खतिवडाले जानकारी दिए ।

कार्यवाहक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शंकरराज वर्माको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सवल कार्यक्रमका स्थानीय साझेदार संस्था सिड्स नेपाल सिन्धुलीका कोषाध्यक्ष गोपालकुमार पौडेलले स्वागत मन्तव्य राखेका थिए । यस अघि पनि विभिन्न समयमा कमला नदिमा फसेका यात्रुवाहक गाडी र यात्रुलाई सवल परियोजनाले उपलब्ध गराएका सामाग्रिको साहेताले नै उद्धार गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष खतिवडाले दैविक प्रकोप उद्धार समितिलाई यस्ता उद्धारका सामाग्रि अझै धेरै आवश्यक रहेको वताउदै जोखिम न्यूनिकरणका क्षेत्रमा क्रियासिल संघ संस्थालाई उद्धार सामाग्रि जिल्ला दैविक प्रकोप उद्धार समितिलाई उपलब्ध गराईदिन आग्रह गरे । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »