Powered by Blogger.
मोटरसाईकल दुर्घटनमा एक घाईते

सिन्धुली,३० भदौ – विपी राजमार्ग सिन्धुली बर्दिवास सडक खण्ड अन्तरगत मास्थान नजिकै मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते भएको छ । 


कमलामाई नगरपालिका वडा नं. ८ माईस्थान नजिक बर्दिवासबाट सिन्धुली तर्फ आउदै गरेको बा. ६५ प. ८८७२ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि मोटरसाईकल चालक सिरहा वडहरामाला ३ वस्ने ४२ वर्षको ४२ को दुर्गाप्रसाद पोखरले गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक टंकबहादुर केसीले वताए । घाईतेको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ । 

0 comments

Write Down Your Responses

second_add