रोल्पा थबाङ गाँउपालिका अध्यक्ष अपहरण

प्रकाशित समय 6:16 AM

अपहरणको जिम्मा नेकपाले लियो 

काठमाडौँ,३० भदौ– नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निषेधको तयारी गरेको छ । भोली हुने भनिएको थवाङ गाँउपालिकाको गाँउसभामा प्रचण्ड प्रमुख अतिथी बन्ने थाह पाएपछि विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले यस्तो तयारी गरेको हो । पार्टीले दिएको चेतावनीलाई वेवास्ता गदैं कार्यक्रम अघि बढाएको भन्दै पार्टीले गाँउपालिका अध्यक्ष वीरबहादुर धर्तीलाई अपहरण गरेको छ ।




थवाङस्थित उनकै ससुरालीमा सुतिरहेको बेला रातको २ बजे अज्ञात समुहले अपहरण भएको रोल्पाका डिएसपी विरेन्द्र थापाले जानाकारी दिएका छन । अहिले स्थानीय र जिल्लाबाट गएका प्रहरीमार्फत घर्तीको खोजीकार्य भईरहेको छ । कम्युनिष्ट पार्टीले आफ्नो महाधिवेशनको बन्दसत्रका लागी थवाङमा तयार गरेको हलमा हुने भनिएको गाँउसभासमेत प्रचण्ड उपस्थित हुने भएपछि सो हलमा नर्गन चेतावनी दिईसकेको थियो ।

घर्तीको अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । नेकपाका रोल्पा जिल्ला नेता जागृतिले घर्तीको अपहरणको जिम्मा लिएका हुन् ।अपहरण गरेको नभइ छलफलका लागि आफूहरुसँगै राखेको उनले बताएका छन् ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा घर्ती कांग्रेस, एमाले, र विप्लव नेतृत्वको नेकपा लगायतको गठबन्धनलाई पराजित गदैं थवाङको गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए । नेकपाले भने स्थानीय निर्वाचन मार्फत बनेको जनप्रतिनिधीहरु अवैध भन्दै देशभर निर्वाचित भएका जनप्रतिनिधीहरुलाई राजीनामा गर्न लगाउने निर्णय केन्द्रिय समितीबाटै गरेको छ । सोही निर्णयका आधारमा उनलाई राजीनामा गराउनकै लागी अपहरण भएको हुनसक्ने समेत स्थानीय प्रशासनले अनुमान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »