मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता हुने

प्रकाशित समय 2:08 AM

सिन्धुली३० भदौ – मोहन विक्रम थाापा स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । विहिवार भिमान क्लवमा मोहन विक्रम थापाका छोरा सिन्धुली पुन निर्माण तथा पुनस्थापना अभियानका अध्यक्ष तथा समाजसेवी उज्वलविक्रम थापाको उपस्थितिमा भएको वैठकले दशै तिहारको उपलक्ष्यमा मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।



प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार र दोश्रो पुरस्कार ४० हजार गरी जम्मा १ लाख पुरस्कार रासि घोषणा समेत गरेको छ । वैठकमा प्रतियोगिता तयारीका लागि क्लवलाई समाजसेवी उज्वलविक्रम थापाले खेल सामाग्रि समेत हस्तान्तरण गरे ।

कमलामाई नगरपालिका र नजिकका गाउँपालिका तथा नगरपालिका युवा क्लवका सहभागि रहने प्रतियोगिताको आयोजना भिमान क्लवले गर्ने जनाएको  छ । वैठकमा सिन्धुली पुन निर्माण तथा पुनस्थापना अभियानका इन्द्र भुजेल, सन्तोषकाजी थापा, भिमान क्लवका बसन्त भुजेल लगाएतको उपस्थिति रहेको थियो । 

समाजसेवी उज्वलविक्रम थापाले आफ्नो वुवा स्व. मोहनविक्रम थापाको स्मृतिमा जिल्ला स्तरीय कराते प्रतियोगिता समेत सञ्चालन गरि सकेका छन । १ लाख पुरस्कार रासिको कराते प्रतियोगिता सञ्चालन गरिसकेको छ भने सिन्धुलीमा सञ्चालित सिन्धुली आईडल प्रतियोगितामा गायन तथा नृत्यमा प्रथम हुनेलाई २५÷२५ हजार पुरस्कार समेत प्रदान गरेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »