Powered by Blogger.
उद्योग बाणिज्य संघसँग समृद्धि परियोजना


सिन्धुली,३० भदौ – ‘जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरुका लागि आयोजना अभिमुखीकरण गोष्ठी तथा सम्झौता कार्यक्रम’मा  जनकपुर करिडोर अन्तर्गतका ७ वटा उद्योग वाणिज्य संघसँग समृद्धि परियोजन संचालन सम्वन्धि सम्झौता भएको छ । जनकपुर करिडोर अन्तर्गत रहेको सिन्धुली उद्योग वाणिज्य संघ, तर्फवाट सिन्धुलीका अध्यक्ष विनेश कुमार श्रेष्ठले सम्झौतापत्रमा हस्तक्षर गरेका छन ।


जनकपुर उद्योग वाणिज्य संघको, जनकपुरमा विहिवार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किश्वर प्रधानको प्रमुख आतिथ्यता, ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धिका आयोजना प्रमुख सरोज प्रसाद गुरागाँईको विशिष्ठ आतिथ्यता, कृषि उद्यम केन्द्रका प्रवन्ध निर्देशक दिनेश प्रसाद पराजुली र जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सम्वृद्धि परियोजनका करिडोर प्रतिनिधि एंव कर्मचारीहरुको उपस्थितिमा भएको सम्झौतामा हस्ताक्षर गरेसँगै अव सिन्धुली जिल्लाको बेरोजागरीको समस्या कम हुदै जानेमा आशावादी रहेको प्रतिक्रिया दिए । 

नेपाल सरकार र कृषि विकास लागि अन्तराष्ट्रिय कोष (आईएफएड) विच सम्झौता भई उद्योग मन्त्रालय अन्तर्गत आएको ग्रामीण उद्यम तथा विप्रेश आयोजना (समृद्धि) कार्यान्वयनमा आएको हो । कृषि उद्यम केन्द्र, हेल्भीटास, गैरआवासीय नेपाली संघ र ग्रामिण क्षेत्रमा कार्यरत वित्तीय संस्थाहरु आयोजनाका साझेदार तथा सेवा प्रदायिक निकायहरु हुन् । यो आयोजनाको कार्यक्षेत्र कोशी÷सगरमाथा करिडोर अन्तर्गत भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सुनसरी, सप्तरी, सिराह तथा जनकपुर करिडोर अन्तर्गत ओखलढुङ्गा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी १६ जिल्लाहरु रहेका छन् । आयोजनाको व्यवस्थापना कार्यालय ईटहरी, सुनसरीमा रहेकोछ ।

आयोजनाले गरिव तथा विपन्न परिवार र तिनका सदस्य, आप्रवासी कामदार र वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका आप्रवासी घरपरिवारलाई ग्रामिण क्षेत्रमा लघु, साना तथा मझौला उद्यम सञ्चालन गरी दिगो आम्दानीको श्रोत दिलाउने उद्देश्य राख्दछ । राष्ट्रिय विकास योजना, औद्यागिक नीति तथा दिर्घकालीन कृषि विकास रणनीतिलाई ध्यानमा राखी आयोजनाले ग्रामिण घरपरिवार, वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी र बेरोजगार युवालाई कृषि तथा गैरकृषि क्षेत्रका लघु तथा साना उद्यमहरुको प्रवद्र्धन गरी स्वरोजगारी र आय अर्जनमा वृद्धि गराउने अभिष्ट लिएकोछ । साथै यस आयोजनाले व्यवसायिक तालिम सँगको प्रत्यक्ष संलग्नाताद्धारा रोजगारीका अवसर सृजना गर्ने, आप्रवासी तथा तिनका घरपरिवारले आर्जन गरेका विप्रेषण आम्दानीलाई उत्पादनशील क्षेत्रमा सदुपयोग गर्न अबश्यक संयन्त्रको विकास गर्नेछ । 

0 comments

Write Down Your Responses

second_add