Powered by Blogger.
मेलमिलाप केन्द्रबाट ४ सय ५० भन्दा बढी विवादको समाधान

सिन्धुली,२९ भदौ–सिन्धुलीमा सामुदायिक मेलमिलाप केन्द्र विवाद मिलाउने उत्कृष्ट स्थान बन्दै गएको छ । सामुदायिक मेलमिलाप केन्द्रले स्थानीय स्तरका विवाद स्थानीय स्तरमै मिलाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

सामुदायिक मेलमिलाप केन्द्र स्थापना हुनुभन्दा पहिले विवाद मिलाउन प्रहरी र अदालतमा जादा धेरै समय लाग्ने र पैसा पनि खर्च हुने गरेकोमा  मेलमिलाप केन्द्र स्थापना भएपछि यी समस्या समाधान भएका छन् ।

स्थानीय स्तरका विवाद स्थानीय स्तरमै मिल्दा समयको पनि बचत र विना खर्च विवाद मिल्ने गरेको विवादित पक्षहरुले बताएका छन् । पर्दा देखि मर्दा सम्म चाहिने भनिने छिमेकिवीच विवाद हुदा लामो समयसम्म वोलचाल बन्द भएका ग्वालटार का भवन कुमारी थापा र छविमाया बयलकुटीवीचको मनमुटाव पनि मेलमिलापमा पुगेपछि मिल्यो ।

थापा र बयलकुटी प्रतिनिधि पात्र मात्रै हुन् । मिलमिलाप केन्द्र स्थापना भएदेखि अहिलेसम्म मिलमिलाप केन्द्रबाट ४५० भन्दा बढी विवाद मिलिसकेको छ । जसले गर्दा स्थानिय खुसी भएका छन् । 

जिल्लामा मेलमिलाप केन्द्र स्थापना भएको करिव २ वर्ष भयो यो यतिका धेरै विवादमिल्नुले पनि मेलमिलाप केन्द्र सवैको रोजाईमा परेको हो । जिल्लाको ६ गाउँ पालिका र  २ नगरपालिकमा मेलमिलाप केन्द्र सञ्चालनमा रहि स्थानिय स्तरका विवाद स्थानिय स्तरमै मिलाउन प्रयास गरिररेको मेलमिलापकी कार्यक्रम संयोजक पार्वति भट्टराईले जानकारी दिइन । सुनकोशी गाउँपालिकामा भने जाइकाको सहयोगमा मेलमिलापको काम भएरहेको छ । 

गाउँठाउँमा सानो तिनो विवाद भएपनि प्रहरी प्रशासन  सम्म पुग्नेहरु मानिसहरु अहिले मेलमिलाप केन्द्रमा आउन थालेको उनले बताइन ।

0 comments

Write Down Your Responses

second_add