गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

प्रकाशित समय 10:27 PM
सिन्धुली,२९ भदौ – जिल्लामा रहेका नौँ स्थानीय तहमध्ये ८ वटामा बैंकको सहज पहुच छैन । ग्रामिण क्षेत्रमा वैंकको सहज उपलब्धता नहुदा स्थानीयलाई सास्ति भएको छ । 



बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । स्थानीय तहमा उप–सचिवको दरवन्दी सहित कर्मचारी भए पनि बैंकको अवभावमा नै सदरमुकाममा नै सम्पर्क कार्यालय राखेर काम गर्न बाध्य भएका छन् । 

सिन्धुलीमा रहेको ९ ओटा स्थानीय तह मध्य ५ ओटामा हाल सम्म कुनै पनि वैंक सञ्चालनमा छैन । दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउपालिकामा एक÷एक ओटा वैंक भए पनि सरकारी काम काज तलब भत्ताको लागि अनुमति नदिदा सदरमुकाम धाउन बाध्य छन् । 

कमलामाई नगरपालिकामा ‘क’ र ‘ख’ वर्गका वैंक मात्र १२ ओटा वैंक सञ्चालनमा रहेका छन् । ग्रामिण वस्तिमा भने कुनै पनि वैंकको शाखा सञ्चालनमा छैन । दुधौली नगरपालिकामा अरणिको विकास बैंकको शाखा विगत लामो समय देखि सञ्चालनमा थियो हाल विभिन्न बैंक सँग गाभिएर सेञ्चुरी बैंक बनेको छ । नगरपालिका क्षेत्रमा एउटा मात्र बैंक हुदा सेवाग्राहीलाई सास्ती भएको दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले वताए । ‘अब सबै विषय गत कार्यालयका कर्मचारीको तलब स्थानीय तहमा गएको छ, बैंक एउटा मात्र छ कसरी सेवा प्रवाह गर्छ निक्कै समस्या रहेको छ । सामाजिक सुरक्षा भत्ता, भुकम्प पुननिर्माणका पैशा लिनका लागि पनि ठूलो समस्या भएको छ’ प्रवक्ता राउतले भने । 

राष्ट्रिय बाँणिज्य बैंकको द्वन्द कालमा शान्ति सुरक्षाको कारण विस्तापित भएको भिमान शाखा असार २८ गते देखि पुन सञ्चालनमा आए पनि मरिणमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा हाल सम्म पनि सञ्चालनमा आउन सकेको छैन । वैंक सञ्चालन नहुदा मरिण क्षेत्रका स्थानीय वैंकिङ काम गर्न सदरमुकाम धाउन बाध्य छन् । मरिण गाउँपालिकाका प्रमुख पानिराज बम्जनले बैंकको कामकै लागि सदरमुकाम आउन बाध्य भएको बताए । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता रहेको छ । 

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन । जिल्लाको तिनपाटन, फिक्कल, घ्याङलेक, मरिण र हरिहरपुरगढी गाउपालिकामा हाल सम्म वैंकिङ सेवा पुग्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »