Powered by Blogger.
मेयरको पहिलो अभियान नै पुरा भएन

व्यापारिक क्षेत्रको नालामा स्ल्याप नहुदा समस्या

सिन्धुली,२९ भदौ – सिन्धुलीको व्यापारिक क्षेत्र अस्पताल रोडको स्टल अगाडी नालामा स्ल्याप नहुदा समस्या भएको व्यापारीहरुले वताएको छन् । 


कमलामाई नगरपालिकाको मेयर खड्ग बहादुर खत्रीले विजयी भए पछि पहिलो पटक थालेको काम बजार क्षेत्रको नाला सफा गर्ने कार्य अन्तरगत नै अस्पताल रोडमा रहेको नालाको पनि स्ल्याप हटाई सफा गरिएको थियो । तर त्यहाँको स्ल्याप भाचिए पछि नयाँ स्ल्याप नहालिदा स्थानीय व्यापारीलाई सास्ति भएको हो । 

‘नालामा दुई महिना देखि स्ल्याप छैन । हामीलाई दैनिक व्यापार गर्न पनि समस्या भई रहेको छ । हामीले हार्डवयरको व्यापार गर्नका लागि नै नगरपालिकामा सबै भन्दा वढी व्यापार कर तिर्ने गरेका छौ ।’ व्यापारि सन्तोष श्रेष्ठले भने । अस्पताल रोडमा अधिकाशं हार्डवयरका पसलहरु सञ्चालनमा रहेका छन् । ती पसलहरुमा दैनिक ठूला मालवहाक गाडीबाट सामाग्रि लोड अन्लोड हुने गरेको छ । 


दैनिक सामाग्रि ल्याउन र विक्री गर्न समस्या भएको भन्दै व्यापारी श्रेष्ठले भने ‘यदि नगरपालिकाले सक्दैन भने व्यापारीलाई नै हाल्न भन्नु प¥यो, हामी नै हाल्छौं । हैन भने नगरपालिकाले व्यापारिलाई समस्यामा त राख्न भएन नी ।’

दैनिक ठूला मालवहक गाडी स्ल्याप माथि गुडाउदा स्ल्याप भाचिएकोले नयाँ स्ल्याप हाल्न समस्या भएको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले वताए । उनले भने,‘कुरा ठिक हो, त्याहा १० चक्के गाडी गुडाउछन, स्ल्यापले थेग्दैन, त्यहाँ समस्या छ, अब त्यहाँ स्ल्याप माथि गाडी नगुडाउने सर्तमा चाडै स्ल्याप ल्याएर हाल्छु ।’ 

अस्पताल रोड  देखि राष्ट्रिय अनुसन्धान कार्यालय हुदै सभा गृह हलसम्म कुनै स्ल्याप छैन । मेयर खत्रीले थालेका शहरी क्षेत्रका नाला सफाई अभियान यी स्थानमा स्ल्याप नपुगेर रोकिएको छ । बजार क्षेत्रमा अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न निश्चित स्थानहरुमा पार्किङस्थल तोकिएको केहि दिन प्रचार गरिए पनि कार्यान्वयन हुन सकेन भने बजार क्षेत्रका पेटिमा व्यापारिहरुले राखेका सामाग्रि हटाउने अभियान पनि विचमा नै टुंगेको छ । 

0 comments

Write Down Your Responses

second_add