Powered by Blogger.
जोखिम मोलेरै भएपनि श्रमदानमा जुटे स्थानिय


खानेपानी योजना निर्माण गर्न दैनिक आठ घण्टा श्रमदान

सिन्धुली,२८ भदौँ– साविकको सिन्धुलीको भद्रकाली गाविस ५ बुक्ति खट्टारका स्थानीय खानेपानीको योजना सम्पन्न गराउन श्रमदान गरि रहेका छन् ।


गाउँमा दीर्घकालीन खानेपानीको मुहान र पानीको पहुँच नहुदा अव एक घर एक धारा पाईने भएपछि स्थानीय उत्साह पूर्वक खानेपानीको योजनामा श्रमदान गरि रहेका छन् ।

गाउँघरमा अहिले युवा शक्ति कम भएको र सदैव पानीको समस्यामा रहेका त्यस क्षेत्रका महिला पनि अहिले पुरुष सरह दैनिक आठ घण्टा श्रमदान गरि रहेका छन् ।

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समतिको आर्थिक सहयोग र ग्रामीण विकास समाज सिन्धुलीको आयोजनामा खट्टार खानेपानी तथा सरसफाई योजना निर्माण गर्न स्थानीयको उल्लेख्य सहभागिता रहेको छ ।

गाउँ घरमा विहान बेलुका घर धन्दा र दिउसो भर खानेपानीको योजना निर्माणको  चरणमा पाईप लाईन खन्ने, पुर्ने, स्थानीय सामाग्रि संकलन गर्ने, गैर स्थानीय सामाग्रिहरु निर्माण स्थल सम्म पुर्‍याउन व्यस्त रहेका छन् ।

अव केही महिनामा नै घरमा सफा पानी घरकै धारा बाट थापेर खान पाउने हुँदा आफुहरु पनि योजना निर्माणमा लागेको स्थानीय तथा खट्टार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य समेत रहेका संगिता वम्जनले बताइन ।

महाभारतको काखमा रहेर विगतमा खानेपानीको समस्या हुदा आफुहरुलाई खानेपानीको जोहो गर्न हिउद होस या बर्षा सधै समस्या थियो, नेपाल सरकारले एक घर एक पानीको धारा बनाईदिने रेडियोमा सुनेका थियौ उनले भनिन अवत आफ्नै घरमा धाराबाट पानी पिउने दिन आएको छ ।

अव खट्टारका महिला दिदी बहिनीहरुलाइ खोला र कुवा बाट पानी वोक्ने झन्झट बाट मुक्ति पाउने छन् भने समयको समेत बचत हुने उनले बताइन ।

गर्मी याममा काकाकुल जस्तै वन्ने गरेकोमा अहिले धारामा पानी थापेर खान पाउने आशामा विहान ९ बजे देखी साँझ ५ बजे सम्म श्रमदान गरि रहेको स्थानीय दिल बहादुर गोलेले बताए । खानेपानी योजना सम्पन्न गर्न पुरुष सरह महिलाहरु पनि श्रमदानमा लागि परेको उनको भनाई छ । खानेपानी योजना सम्पन्न गराउन बालुवा वोक्ने, ढुङ्गा बोक्ने, गिट्टि वोक्ने, सिमेन्ट र अन्य आवश्यक सामान वोक्न पनि महिलाहरु सक्रिय रहेका छन् ।

खानेपानी योजनाको सुरुवाती चरण देखी नै स्थानीयले राम्रो साथ दिएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर गोलेले बताए । समुदायमा व्यक्ति पानीको समस्यामा रहेको र पानीको मुहान बनाई घर घरमा धारा बनाउने संस्था गाउँमा आएको सुन्ने वित्तिकै स्थानिय खानेपानीको योजना चाडै सम्पन्न गराउने योजनामा रहेको उनि बताउछन । अहिले सम्म २४ सय मिटर खानेपानीको पाइप लाई ३ फिट गहिराईमा पुर्ने कार्य सम्पन्न भएको छ । अव वर्षात पनि कम हुदै गएकाले मुहान र पानी पोखरीको काम गर्ने गोलेले बताए ।

सरसफाईको वारेमा चेतना नहुँदा फोहोर मैलालाई नजिकै राख्ने खट्टारका जनता अहिले सरसफाईका क्षेत्रमा पनि उत्तिकै जानकार भएको वास मोटिभेटर अनितामाया गोले बताइन । सरसफाईका वारेमा वेखबर स्थानीय अहिले आफनो घर वर परको वातावरण स्वच्छ राख्नु पर्छ, सफा र स्वच्छ खाने कुरा खानु पर्ने र सफा लुगा लगाउनु पर्छ भन्ने उनीहरुमा चेतना फैलिएको गोलेले बताए । घरयासी कार्यबाट निस्के फोहोरलाई पनि उनीहरुले खाल्डोमा हालेर मल बनाउने कार्यमा लागेको उनको भनाई छ । मानिसको आनी वानी परिवर्तन र विकास निमार्णका कार्यमा लाग्नु सवै भन्दा महत्वपुर्ण चेतना नै मुख्य कुरा भएको वास मोटिभेटर गोले बताउछन ।

महाभारतका डाडा छिचोलेर भिर पाखामा पाईप लाईन पुर्नु पर्ने भएकाले स्थानीय जोखिम मोलेरै भएपनि श्रमदानमा जुटेको वास टेक्निसियन राजन प्रसाद काफ्लेले बताए । बर्षा याममा पहिरोले पाईप चुडाउने डर, सुख्खा समयमा डडेलोले पाईपलाई क्षती पुर्‍याउने भएकाले स्थानीय उत्सहाका साथ पाईप लाईन पुर्न लागि परेका छन् । विहान ९ बजे देखी साँझ  ५ बजे सम्म घरयासि कामलाई थाती राखी योजना चाडै सम्पन्न गर्न उनीहरुको लक्ष्य रहेको उनको भनाई छ । 

पहाडी क्षेत्रमा धेरै तिर फैलिएको बस्तिलाई सात वटा खानेपानीको मुहान बाट पानी ल्याईने कार्य भै रहेको छ । विकट क्षेत्र भएकाले निर्माण सामाग्रिहरु ढुवानीमा समस्या भएकाले स्थानीय उपभोत्ताको प्रयासमा नै अहिले सम्म निर्माण समाग्रिको ढुवानी हुदै आएको छ ।

खट्टार खानेपानी आयोजना निर्माणकालागि ५६ लाख २६ हजार ६ सय ५१ रुपैंयाको लागतमा योजना सम्पन्न हुने वास अफिसर उज्वल खतिवडाले जानकारी दिए । मंसिर महिना सम्ममा आयोजना सम्पन्न गरी त्यस क्षेत्रका ८१ घर परिवारलाई घर घरमा पानी पुर्‍याइने लक्ष्यका साथ काम भै रहेको उनले बताए । आयोजना सम्पन्न पश्चात ५ सय १७ जना प्रत्यक्ष लाभान्वित हुने उनको भनाई छ । एक विद्यालय र एक वौद्ध मन्दिरलाई पनि खानेपानीको धारा जडान गरिने छ ।

तामाङ जातीको बाहुल्यता रहेको खट्टारमा कही कसैले खानेपानीका लागि पहल नगरिदिदा समस्यामा रहेका उनीहरु अव छुटकारा पाउने आशामा रहेका छन् ।

0 comments

Write Down Your Responses

second_add