नेपालको भुटानमाथि सहज जित

प्रकाशित समय 11:29 PM


काठमाडौँ, २८ भदौ-   नेपालले एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामाअफ्नो दोस्रो खेलमा सहज जित हासिल गरेको छ ।



बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलार्इ ५० रनमै समेट्दै जित निकालेको हो ।

नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो ।

भुटानका तर्फबाट उगेन दोर्जी (१३) र तासी फुन्सो (१६)ले मात्र दोहोरो अंक जोड्न सके ।

नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।

नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »