Powered by Blogger.
शिक्षक संगठनको वडा भेला सम्पन्न

सिन्धुली,२८  भदौ – एकिकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका वडा नं. २ को वडा भेला सम्पन्न भएको छ । शिक्षक राजन प्रसाद दाहालको अध्यक्षता तथा एकिकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगर समितिका अध्यक्ष ध्रुब वस्नेतको प्रमुख आथित्यतमा सम्पन्न भएको हो । 



संगनका नगर समितिका बरिष्ट उपाध्यक्ष पदम सुनुावर, नेकपा माओवादी केन्द्रका कमलामाई नगर इन्चार्ज यमकुमार देवकोटाको उपस्थित भएको भेलाले विमल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सरस्वती माया घिसिङ, विशाल मोक्तान, सस्मिता गोले रहेका छन् । 

संगठनले नयाँ स्थानीय तहको संरचना अनुसार स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिई रहेको छ । हाल सम्म फिक्कल गाउपालिका बाहेक सबै स्थानीय तहमा समितिमा गठन भई सकेको र अव वडा स्तरमा समिति विस्तारमा रहेको नगर समिति अध्यक्ष ध्रुब वस्नेतले वताए । 

0 comments

Write Down Your Responses

second_add