Powered by Blogger.
नेपाली सेनाद्वारा ३० जनालाई उद्धार

सिन्धुली,२८ भदौ – नेपाली सेनको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले कमला खोलामा फसेको अवस्थामा रहेको गाडी सहित ३० जना यात्रुको उद्धार गरेको छ । 


बुधवार दुधौली नगरपालिकाको डकाहाबाट सिन्धुली तर्फ आउदै गरेको ना.४ ख १०५० नम्बरको गाडी खोलाकोको विचमा अड्कीएको अवस्थाबाट उद्दार गरेको हो । 

कमला खोलामा पानीको वहाव वढे पछि गाडी विचमा नै अड्कीएको नेपाली सेना श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणका निमित्त गणपति सेनानी निरज वस्नेतले वताए । सेनानी वस्नेतको नेतृत्वमा गएको ५० जनाको टोलिले वाढीमा फसेको गाडी सहित यात्रुलाई उद्धार गरेको हो । 


कमला नदिमा पुल नहुदा दैनिक दुधौली नगरपालिकाबाट सिन्धुली आउने गाडी जोखिम मोलेर नै खोला तर्ने गरेको छ । खोला तर्ने क्रममा केही दिन अघि पनि यात्रुवाहक वस सहित ५९ जना यात्रु खोलामा फसेको थियो । त्यतिखेर पनि नेपाली सेना श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणबाट खटिएका उद्धार टोलिले नै उद्धार गरेको थियो । 

0 comments

Write Down Your Responses

second_add