नवराज सिलवालको रिट निवेदन खारेज

प्रकाशित समय 5:00 AM


काठमाडौं, २७ भदौ - सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन खारेज गरेको छ ।



आफूभन्दा कनिष्ठ डीआईजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आईजीपी बनाएर आफूमाथि अन्याय भएको भन्दै अर्का डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ हो। 

मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको सात सदस्यीय बृहत पूर्ण इजलासले उक्त फैसला सुनाएको हो । इजलासले अर्यालको बढुवालार्इ उपयुक्त भनेको छ । 

न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी पूर्ण इजलासमा छन् । 

सिलवाल पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की, तुलसी भट्ट, टीकाराम भट्टराई र दीपेन्द्र झालगायतले बहस गरेका थिए । उनीहरुले प्रकाश अर्याललाई आईजिपी नियुक्त गर्ने तत्कालिन सरकारको निर्णय अवैधानिक भएको जिकिर गरेका थिए । निवेदक पक्षका वकिलहरुले भने सो निर्णय बदर हुनुपर्ने र सिलवाल आईजिपी हुनुपर्ने तर्क गरेका थिए ।


सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजिपी नियुक्त गरेपछि अर्का डिआईजी नवराज सिलवालले आफूलाई अन्याय भएको भन्दै रिट हालेका थिए । त्यसपछि सर्वोच्चले सरकारको निर्णय बदर गर्दै अर्का आइजिपी नियुक्त गर्न परमादेश जारी गरेको थियो । 

त्यसपछि सरकारले डीआईजी प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो । अर्याल आईजीपी बनेपछि सिलवाल फेरि अदालत गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »