तारावहादुर कार्की, कुशल प्रशासक वाई भन्दै गए

प्रकाशित समय 8:13 PM

                            कृष्णहरि घिमिरे 


म सामाजिक मुद्धामा आधारित भएर कुद्न थालेको झण्डै :दुई दशक हुन लगेछ । दाजुको पत्रकारिता जीवन संगै जवर जस्ती समाचार लेख्न लगाउँदा क्यार्‍याङकुरुङ पारेर कापीको पानामा भरेर फ्त्तफालिदएर हिँड्थे । दाजुले राम्रो वानएर गिद्धे प्रेसवाट निष्कने जनप्रभात साप्ताहिक मा नाम सहित निष्कँदा गज्जवको पत्रकार भईयो भन्दै छाती चौडा पारे । नाक घिरौँलो जस्तो वनाए र सडकमा क्वाँक परेर हिँडे । म सडकमा हिड्दा पत्रकार भए । त्यो पनि दाजुको छत्र छायाँमा ।


म लेख्न अल्छी थिए । पछी म मानव अधिकारको कुरा गर्ने भएँ । कती गरे, गरिन त्यो पनि समिक्षाको विषय वन्ला । मलाई भने लाश पुरेका र गाडेका आफ्नै हात देख्दा, टाउको छुट्टीएको गिँड घिसारेर खाल्टोमा हालिएका दृष्टान्त आँखा अगाडी आउँदा अहिले पनि भाउन्न होला जस्तो हुन्छ । 

त्यतीवेला माओवादी युद्ध थियो । मार्छौ र मर्छौँको अवस्था थियो । त्यतीवेलाका प्रशासक डरमर्दा कुरा गर्न पनि गारै हुने । विकासे अड्डा ज्ञानेन्द्रका भारदारका ईसारामा चल्ने थिए । एउटा नागरिकको पहुँचको त कुरै नगारौँ । हामी ठुला कुरा गरेर हिँड्नेहरु (आज सोच्दा) को समेत त्यहाँ पहुँचमा वाहिरै  थियो÷थिए । 

मैले यो कथा एउटा प्रशासकले थोरैमात्र इमान्दार पहल गर्न सक्दा ठुलो परिवर्तन सम्भव हुँदो रहेछ भन्ने मात्र यो खोजेको हो । त्यसैका उदाहरण हुन् आइतवार मात्रै सेवा निवृत भएर गएका प्रमुख जिल्ला अधिकारी तारा वहादुर कार्की । उनि अगाडी आउने हरेक प्रशासक विकासे अधिकारीहरु संग राजनीतिक दल या पत्रकार या नागरिकका कुनै न कुनै गुनासो हुने नै गरेको थियो । कसैका विरुद्धमा आन्दोलन भए २४ घण्टे लागेर हिँडे । कोही पत्रकारका कलमको निसानामा परे । कोही नागरिकको सेवामा भन्दा वढी केही व्यक्तीको सेवामा तल्लिन भएर गए । न तिनलाई सम्झीन्छौ । न सम्झीन योग्य नै वने । प्राय धेरै जसो सवै । 

तारा वहादुर कार्की सिन्धुलीमा स्थानिय विकास अधिकारीको रुपमा पहिलो पटक आउँदा शाहिकाल थियो । तात्कालिन समयमा जनताको कम र दरवार/दरवारियाको चाकडी वढी गर्नु पर्ने थियो । मेरो आँखा पनि त्यही थियो । तर उनि विस्तारै रतनचुराका जनाताको आवाज सुन्ने भए । तिनकन्याका जनताको अभिभावक भए । उनि दरवारियाका कम सिन्धुलीका जनताका वेसी आफ्नो मान्छे वने । कार्य कक्षमा सर्वसाधरणको पहुँच पुग्ने स्थानीय विकास अधिकारी सायद उनिनै पहिलो हुन् । 

आएको केही समयमा नै सिन्धुलीका केही ठेकेदारको गुनासो सुनिने गरेको थियो । सवै एलडिओ (स्थानीय विकास अधिकारी) आउँदा हामी संगै सोमरस खान कुदेर आउने गर्थे । तर यी सुन्नै तयार छैनन् । गुनासो यसैमा हुन्थ्यो । तर तिनै तारावहादुर कार्की संग वाशेश्वरको नाकाजोली हिँडेर जाँदा खैतामा कोदोको एक गिलास खाउँ भन्दै अर्धमुस्कान हासेर मागेको मैले आफैँले देखेँ । शहरमा फसाउलान् भन्ने सतर्कता गाउँमा आत्मिएताका लागि खाई दे कृष्णहरि जी भन्दै हाँसे उनि । 

सायद शाहीकाल नै थियो । तिनकन्याका किसान तारावहादुर कार्कीलाई भेट्न जिल्ला विकासमा आए । उनिहरुको १७ घण्टा सम्मको भारी वोकाईवाट गएको ढाडको छाल देखाउँदै भने हामी पनि गाडी चड्न पाए हुने थियो । जुनार र सुन्तला ढुवानी गर्न समस्या भयो । सदरमुकाम वाट नुन भुटुन वोक्न पनि समस्या भयो । तपाईले केही गरीदिनु प¥यो भन्दै गए । उनले हेरौँ भन्दै संक्षिप्त प्रतिकृया जनाए । शाहीकाल त्यसमा पनि दरवारले मनोनित गरेका प्रतिनिधि सितिमित थिएन त्यहाँ वजेट छुट्याउन । त्यसमा पनि महाँभारत पारी कस्को ध्यान जावस् । उनि यो काममा लागे । शाहीकालका ती मनोनित संग लामै विवाद भयो वजेट छुट्याउन । लामो कसरत पछी उनले २० लाख छुट्याएरै छाडे । त्यतीवेलाका शाही मनोनितले माईन्युटमा नोट अफ डिसेन्ट लेखे । तारावहादुरलाई वहुदलवादीको आरोप लगाए । उनि पछाडी हटेनन् । त्यो माईन्युट अहिले पनि छँदैछ । 

त्यही २० लाख वर्दान भयो । महाभारतै महाभारत ट्रयाक खोलियो । जुनार, सुन्तला, कोदो, मकै र भटमास सदरमुकाम सम्म ढुवानी हुन थाल्यो । त्यतीले पनि उनि रोकिएनन् । उनैको पहलमा ग्रामिण पुन निर्माण तथा पुर्नस्थापना (ट्रिपलआर) नामक परियोजना आयो । त्यतीवेल देशमा लोकतन्त्र वहाली भई सकेको थियो । राजनीतिक दलहरुको सर्वदलिय संंयन्त्र थियो । सवैले कि कमलाखुँज कि मरिण कित तिनपाटन लानु पर्छ भन्दै नेताहरु निरंतर लागे । उनले यसमा पनि अडान लिए । तर त्यही ट्रयाक खोलिएको महाभारत रेन्ज (जुनार क्षेत्र) जाने वाटोलाई नै खनियाखर्क कमारेभञ्ज्याङ नामाकरण गरी यो परियोजना हाले । त्यस वखत पनि निर्णय गर्न उनलाई गारो परेको थियो भन्ने भनाई जुनार क्षेत्रका अभियन्ता दिपक प्रसाद कोइरालाको छ । तारावहादुर कै कारण आउने नाती पनातीको पालामा पनि यातायातको साधन नदेख्ने किसानहरुले अहिले घरमै यातायातको साधन देखेका छन्  । वर्षौ देखीको ढाकर, खकन, टोक्माको जीवनवाट मुक्ती पाए । ढाडको छाला जाने अवस्थावाट राहत पाए । आज यहीवाटो केही किलोमिटर पिच हुँदै छ । केही वर्षमा पुर्ण पिच हुन्छ ।

जुनार फल्थ्यो कुहिन्थ्यो । सिजनमा किसानले मुल्य लिनै सक्दैन थिए । वेसिजन सम्म राख्दा राम्रो भाउ आउने थियो । राख्ने काहाँ समस्या थियो । किसानहरु एउटा सित भन्डार वनाउने योजना लिएर जापानिज राजदुतावास गए । राजदुतावासवाट एक करोड आउने भयो । तर त्यतीले नपुग्ने अवस्था थियो । उनै तरावहादुर कार्कीको पहलमा झण्डै जिल्ला विकास र गाउँ विकास समितिवाट जम्मा गरिदिए । रकम त जम्मा भयो । चिस्यानका लागि चाहिलने उपकरण महँगो भन्सार मुल्यका कारण किसानहरुले ल्याउनै नसक्ने भए । गुनासो तारावहादुर कै आयो उनैको सहजीकरणमा न्युन मूल्यमा भन्सार छुट्यो र किसानहरुको जुनार सित भण्डार उभियो । 

आज जुनार क्षेत्रका गाउँ गाउँ सम्म यातायातको पहुँच विस्तार भएको छ तारा वहादुर कै कराण । ती नै तारावहादुर कार्कीले सिन्धुली जिल्ला विकास समितिमा सर्वसाधारणको पहुँच मा पु¥याए । ग्रामिण विकासमा सहभागि हुने गैर सरकारी संस्थालाई त्यस क्षेत्र तर्फ डोर्‍याए । 

त्यस्तै सिन्धुलीको पिपलभन्ज्याङ, घ्याङलेकवाट काभ्रेको कालढुँगाका जनताले पनि कहिल्यै यातायात को मुख सम्म देख्न पाउने थिएनन् । न त्यहाँका नेता नै जिल्ला सदरमुकाम सम्मको पहुँच राख्थे न त्यहाँलाई जिल्लाका नेताले नै देख्थे । केवल विकट थियो । केवल विकट मात्र । उनै तारावहादुरलाई फेरी पनि आउने दोश्रो फेजको ग्रामिण पुननिर्माण तथा पुर्नस्थापना आयोजना (ट्रिपलआर) मार्फत वाटोको खाका कोरियो । यो निर्णय गराउने क्रममा नेताहरुवाट आउने स्वार्थपुर्ण दवावलाई चिर्न उनले अमेरिका देखि जापान गएका कथा सुनाएर घण्टौँ हैरान पार्थे अनि निर्णय गराउँथे भन्दै केही नेताहरु अहिले पनि सुनाउँछन् । आज यो वाट पनि पिच हुने तरखतमा छ । नाती पुस्ताले समेत यातायात नदेख्ने क्षेत्रमा यातायात पुगेको छ । दँग छन् त्यहाँका स्थानीय । 
दोश्रो पटक फेरी तारावहादुर कार्की प्रमुख जिल्ला अधिकारीको रुपमा सिन्धुली आए । खिम्ती ढल्केवर २२० के भी प्रसारण लाईन विस्तारका क्रममा मुआव्जाका कारण विवादको चरम रुपमा थियो । यो विवाद सल्टाउन अघिल्ला प्रशासकले पनि पहल गरे तर सकेनन् । उनैको पालामा यो सम्भव भयो । जिल्ला प्रशासनवाट सम्पादन हुने कामलाई साँच्चै छिटो छरितो वनाए । सिडियो भेट्न डराउने सर्वसाधरण संग वसेर घण्टौ गफिने र समस्या समाधानमा आफै तल्लिन हुने । फोनवाटै आएको गुनासोमा समेत तत्काल समन्यय गरेर समाधान गर्ने स्वभावका कारण उनि लाभ ग्राहीका लागि सजिलो सिडियो वने । स्थानीय निकायको चुनावमा प्राय प्रशासक कुनैन कुनै विवादमा नपरेको रेकर्ड पाउनै मुस्किल थियो । तर उनले कुसलता पुर्वक सफल गरे । 

कसै प्रति नराम्रा व्यवहार गरेनन् । कही सेवाग्राहीले पाउनु पर्ने सुविधा समयमा नपाएको गुनासो आएमा उनि तत्काल खोजीनितिमा लागिहाल्थे र समस्याको समाधान खोजिहाल्थे । उनि एक प्रशासक भन्दा पनि सच्चा सहजकर्ता थिए । इमान्दार राष्ट्र सेवक थिए । उनले सिन्धुलीमा रहँदा एउटा ईमान्दारिता देखाए संदै जनाताकै निम्ती काम गरे । यही इमान्दार राष्ट्र सेवक २९ वर्ष २ महिना ४ दिनको सरकारी सेवाको अन्तिम दिन  २०७४ साल भाद्र २५ गते  सम्म काम गरेर आफ्नो घर तर्फ कार्य कक्षवाटै विदा भए । तर उनलाई हरेक वर्ष उत्कृट निजामती पुरस्कार दिने सरकारले उलाई कहिल्यै सम्झीएन । उनको यस्मा गुनासो थियो या थिएन यो विषयमा उनले कुनै विषय उठान गरेनन् । फोन गरी हेरेँ ५ वजेको थियो । सिन्धुलीको सिमाना क्रस गरेँ । वाई हैँ कृष्णहरि जी भने । म तारावाहादुर कार्की संग न नजिक वने न टाडा । व्यक्तीगत लेनदेन थिएन । अफिसियल काममा जाँदा एउटा सर्वसाधरण र म उस्तै थियौँ उनका लागि । 

सोचे धेरै प्रशासक आए गए । कोही राम्रा आए कोही नराम्रा । कोही कोही जनपक्षिय देखाउँथे तर काम गर्दैन थिए । तारावहादुर मैले स्थानीय विकास अधिरकारी र प्रमुख जिल्ला अधिकारीका रुपमा साँडे चार वर्ष विताए । विस्तारै वोल्ने यी इमान्दार तारावहादुर कार्कीले अन्तिम विदाईमा नेपालमा कर्मचारी तन्त्रमा भुमिगत व्यवहारले धेरै काम गर्छ (घुस खाने) । मैले गरेँ गरिन तपाईहरुलेनै समिक्षा गर्नुस् । भन्दै विदा भए । 

वहाल हुँदै लेखेको भए । दलाली गर्‍यो भन्थे होलान उनि रिटायर्ड भए । मैले लेखेँ । खास एउटा निजामती मात्र पनि ईमान्दार हुने भए । यो देश कस्तो भई सक्थ्यो होला ? भन्दै मन मनै पश्न गरी रहेँ । 





फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »