एक ढिक्का भएर संघ र प्रदेशको निर्वाचनको तयारी थाल्न निर्देशन

प्रकाशित समय 7:36 PM

पार्टीलाई सही वाटोमा लैजान आफुले प्रयास जारी राखेको छु  :पौडेल

सिन्धुली,२७ भदौ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरेका छन् ।


असोज २ गते दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुन गइ रहेको स्थानीय तहको चुनावको पुर्व तयारीका लागि दुई नम्बर प्रदेश जाने क्रममा सोमवार सिन्धुलीमा कार्यकर्ता भेटघाटका क्रममा यस्तो आग्रह गरेको हो ।

पहिलो र दोस्रो चरणमा भएको निर्वाचनमा काँग्रेस कै कार्यकर्ता एक ढिक्का भएर नलागदा काँग्रेसले अपेक्षा गरे अनुरुप नतिजा ल्याउन नसकेको भन्दै अव हुने संघ र प्रदेशको निर्वाचनमा एक ढिक्का भएर लाग्न सिन्धुलीका नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

अहिले नेपाली काँग्रेसले उठाएका राजनैतिक एजेण्डालाई कम्युनिष्ट पार्टीहरुले समेत उठान गर्न थालेको अवस्थामा काँग्रेस नै एक ढिक्का नहुँदा कार्यकर्तामा निराशा छाएको बताए । अवका दिनमा काँग्रेस एक भएर अघि बढकाले भएकाले जिल्ला स्तरमा गुढगत राजनिति नगर्न आग्रह गरे ।

तराई तथा दुई नम्बर प्रदेशमा राजपा तथा तराई केन्द्रित मधेशवादी दलहरुलाई चुनावमा सहभागि हुने वातावरण बनाएर नेपाली काँग्रेसले देशलाई नै चुनावमय बनाएको समेत नेता पौडेलले बताए । यसरी काँग्रेस चुनावी अभियानमा होमिएकाले २ नम्बर प्रदेशमा काँग्रेस पहिलो पार्टी बन्ने समेत दावी गरे ।

साथै मंसिरमा हुने संघ र प्रदेशको चुनावमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने गरि अभियान थाल्न समेत कार्यकर्तालाई निर्देशन दिए । दुई नम्बर प्रदेश, संघ र प्रदेशको चुनाव वाट काँग्रेसले स्पस्ट बहुमत ल्याउने भएकाले विगतका झिना मसिना विषयमा अल्झिएर उम्मेदवारलाई हराउने गरेको तिव्र आलोजना भएकाले एक ढिक्का हुन पटक पटक आग्रह गरे ।

दुई नम्बर प्रदेशको निर्वाचन पछि बैठक बसेर नेपाली काँग्रेसले काखा कसैला पाखा नगर्ने बताए । विगतमा कार्याकर्तालाई अवसर दिने वखत केही कमी कमजोरी भए होलान त्यसलाई एजेण्डा नवनाई आगामि दिनमा पार्टिलाई सर्वोपरि ठानी काँग्रेसलाई बहुमत ल्याउने वातावरणको सिर्जना गर्न पुनः कार्यकर्तालाई उनको आग्रह रहेको थियो ।

कार्यकर्तालाई सम्बोधन गदौ आन्तरिक झिना मसिना विषयलाई छाड्दै दुई नम्बर प्रदेशमा काँग्रेस पहिलो पार्टी बन्ने र अव हुने संघ र प्रदेशको निर्वाचनबाट नेपाली काँग्रेसले स्पस्ट बहुमत ल्याएर देखाउने दावी गरे ।

नेपाली काँग्रेसलाई सहि बाटोमा लैजान आफु गम्भिर भएको बताए । नेतृत्वले केही कार्यहरु जनपक्षिय गर्न नसकेको प्रति संकेत गर्दै पार्टीलाई सहि मार्गमा लैजानको लागि आफु प्रयासरत रहेको बताए । कार्यकर्ताले पार्टीलाई सहि मार्गमा लैजान गरेको आग्रहलाई मनन् गर्दै कार्यकर्ताको भन्दा बढी आफु चिन्तित भएको बताए ।

बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटन् जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य, नेता तथा कार्यकर्ता, महासमिति सदस्य गरि झण्डै एक सय भन्दा बढी कार्यकर्ताको उपस्थिती रहेको थियो । पौडेललाई भेट्न आउने शुभचिन्तक तथा कार्यकर्ताहरुलाई पार्टी उप सभापति खड्ग बहादुर वाईवाले स्वागत मन्तव्य व्यक्त गरेको थिए भने पार्टी सचिव कृष्णप्रसाद दाहालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »