सिन्धुली काठमाडौँको नयाँ भाडा दर लागु हुने

प्रकाशित समय 7:26 AM
सिन्धुली,२६ भदौँ –सिन्धुलीकाठमाडौँको नयाँ भाडा दर तोकीएको छ । मंगलबार देखि लागु हुने गरि सिन्धुली काठमाडौँबाट  सम्मको यातायात दर ६ सय ६८ रुपैयाँ तोकेको छ । तोकिएको काउन्टर भन्दा अन्यत्र बाट टिकट किन्दा यात्रु ठगिन सक्ने सम्भावना रहेको भन्दै तोकिएको टिकट काउन्टरमा मात्र टिकट किन्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीमा खबर गर्न पनि विभागले आग्रह गरेको छ । सरकार तथा यातायात व्यवसायीबिच शनिबार भएको छलफलपछि मंगलबारदेखी अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

दसैँका समयमा यात्रु ठगी हुने गुनासो आइरहने कारण यातायात व्यवस्था विभागले तोकिएको भाडादरभन्दा बढी नतिर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

२०७२ साल माघ २४ गते लागु भएको भाडादर नै अहिलेको भाडादर हो । यातायात व्यवस्था विभागबाट डिलक्स सुविधा लिएका गाडीले तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »