Powered by Blogger.
प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

सिन्धुली,२६ भदौ – गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा रहेको जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालीत किशोरी महिला तथा यूवा क्लवहरुको क्षमता विकास कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ११ वटा क्लवहरुका २० जना सहभागिलाई प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम प्रदान गरेको छ ।


३ दिने तालिमको आईतबार एक समारोहका विच समापन गरिएको थियो । जनजाति समाज विकास कार्यक्रम सिन्धुलीका अध्यक्ष गोविन्द लुङ्गेलिको अध्यक्षता तथा प्लान इन्टरनेश्नका प्राविधिक श्रीनीवास बैठाको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको थियो । 

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि बैठाले तालिम पछि क्लवका सहभागिहरुको प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी क्षमता बृद्धि भएको र यसले आफ्नो क्लवको मात्र नभएर समग्र समाजकै प्रगतिका लागि उच्च स्तरीय योजना सहितका प्रस्तावना र प्रतिवेदन लेख्न आफ्नो गाउँ ठाउँका समस्यालाई सिलसिलेवार ढंगले उठान गर्न सक्ने गरि सहभागिहरु प्रशिक्षित भएको आफूले विश्वास लिएको बताए । उनले सहभागि क्लवहरु मध्ये उत्कृष्ठ प्रंस्तावना लेखेर कार्यालयमा बुझाउने क्लवलाई प्लान इन्टरनेश्नले आगामि वर्ष साझेदारको रुपमा उसका प्रस्तावनाका कार्यक्रम सञ्चालन गरिने बताउदै आउदै गरेको वडा दशैको अग्रिम शुभकामना समेत दिए । 

कार्यक्रममा सस्थाका उपाध्यक्ष सुन्दर तामाङले तालिममा सहभागिहरुलाई सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो । संस्थाले किशोरी महिला तथा बालबालिकाको क्षमता विकासका लागि १० वटा किशोरी समूह र सञ्जान गठन गरेर विभिन्न राष्ट्रिय दिवस तथा उत्सवहरुको अवसर पारेर विविध कार्यक्रमको आयोजना गर्दैै क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने योजना अगाडि ल्याएको जनजाति समाज विकास कार्यक्रमका कार्यक्रम संयोजक मिन बहादुर रायले बताए ।

0 comments

Write Down Your Responses

second_add