Powered by Blogger.
स्थानिय निकायमा शिक्षक संघको कार्यसमिती गठन

पुस्कर सहयात्री 
सिन्धुली,२६ भदौ – नेपाल शिक्षक संघ सिन्धुलीको संयोजनमा जिल्लाका नौ स्थानिय तह मध्ये ६ ओटा स्थानिय तहमा संघको स्थानिय कार्यसमिती गठन सम्पन्न भएको छ । सोहि अन्तर्गत शनिवार तिनपाटन गाउपालिकामा मणीप्रशाद कोईरालाको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती गठन भएको नेपाल शिक्षक संघ सिन्धुलीले जनाएको छ । 


यस अघी बिमल पौडेलको अध्यक्षतामा सुनकोसि गाउपालिकामा, ध्रुव प्रशाद कोईरालाको अध्यक्षतामा गोलञ्जोर गाउँपालिकामा, गणेश पहाडीको अध्यक्षतामा फिक्कल गाउपालिकामा, लेखनाथ बरालको संयोजकत्वमा दुधौली नगरपालिकामा र बिश्वनाथ बरालको अध्यक्षतामा कमलामाई नगरपालिकामा स्थानिय कार्यसमिती गठन गरिएको शिक्षक संघ सिन्धुलीका उपाध्यक्ष सुमन कोईरालाले वताए । 

नेपाल शिक्षक संघ सिन्धुलीका अध्यक्ष अरुण कुमार थिङ्गले बाँकी रहेका तिन ओटा स्थानिय निकायमा पनि यथाशिघ्र कार्यसमिती गठन गरिने वताए । अध्यक्ष थिङ्गले आसन्न प्रादेशिक र संघिय प्रतिनिधि सभाको निर्वाचन लक्षित शिक्षक परिचालन कार्यक्रम पनि तय गरिएको उल्लेख गर्दै आउने प्रदेश र संघको निर्वाचनमा शिक्षक संघमा आवद्ध जिल्लाभरी रहेका शिक्षक शिक्षिका हरुको उल्लेख्य योगदान र सहयोग हुने उल्लेख गरे । 

जिल्ला भित्रका शिक्षकका पेशागत समस्या, शिक्षक महासंघ गठन, शैक्षिक उपलब्धी, अभिबृद्धीका विषयमा नेपाल शिक्षक संघ निरञ्तर लागी परिरहने संघका उपाध्यक्ष सुमन कोइरालाले वताए ।  



0 comments

Write Down Your Responses

second_add