सिन्धुलीमा सवै भन्दा बढी सम्मान पाउने प्रशासक

प्रकाशित समय 5:53 PM

किन जनताले उत्साह पुर्वक विदाई गरे प्रजिअ कार्कीलाई

सिन्धुली,२६ भदौ – सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीको अनिवार्य अवकास पछि  सिन्धुलीका विभिन्न संघ संस्थाले विदाईको कार्यक्रम गरेका छन् । गैर सरकारी सस्था महासंघ सिन्धुली लगाएत विभिन्न संघ सस्थाले विदाई कार्यक्रमको आयोजना गरेका हुन् ।


निजामति सेवाको अन्तिम दिन, गैर सरकारी संस्था महासंघ सिन्धुलीले आयोजना गरेको विदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले सिन्धुलीमा रहदा पहुच नभएका सिन्धुलीबासीको क्षेत्रमा काम गर्न राजनीतिक दलहरुलाई घचघच्याएको बताए । साथै उनले गैससहरुले जिल्लाबासीको आवश्यकता अनुसार काम गरेको भन्दै प्रशंसा गरे । 

प्रजिअ कार्कीले जिल्लाको विकास र समृद्धिका क्षेत्रमा काम गरेको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी सस्थाका प्रतिनिधिहरुले दोसल्ला ओडाएर मायाको चिनाको साथै प्रसंशा पत्र प्रदान गर्दै सम्मान गरेका थिए । गैसस महासंघ सिन्धुलीका अध्यक्ष वेदराज दाहालको अधयक्षतामा भएको कार्यक्रममा जिल्लाका गैससकर्मीहरुले प्रजिअ कार्कीले जिल्लाको शान्ति सुरक्षा र सुशसान कायम गर्न अमूल्य योगदान पु¥याएको भन्दै उनको कामको प्रसंशा गरेका थिए । 

यसैवीच प्रमुख जिल्ला अधिकारी कार्कीको सेवा अवधिको अन्तिम दिनमा सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति सिन्धुलीले पनि प्रजिअ कार्कीलाई सम्मान तथा विदाई गरेको छ । सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको टोल उप समिति र कार्य समितिका पदाधिकारीहरुले प्रजिअ कार्कीको कामको प्रसंशा गर्दै विदाई गरेका हुन् । 

कार्यक्रममा बोल्दै पमुख जिल्ला अधिकारी कार्किले सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा खानेपानीको समस्या धेरै थियो तर अहिलेको कार्य समितिले सक्रिया रुपमा काम गरेकाले समस्यामा सुधार आएको बताए । 
समितिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले खानेपानीको समस्या समाधानका लागि प्रजिअ कार्किले सहयोग गरेको भन्दै धन्यवाद दिए । 

प्रमुख जिल्ला अधिकारी कार्कीलाई अवकासको पुर्व सन्ध्यामा दर्जन भन्दा बढी निकायले विदाई गरेका छन् । सिन्धुलीमा सरकारी कार्यालयका प्रमुख तथा जिल्लाका प्रमुख व्यक्तिको सरुवा तथा अवकासको विदाईमा सवै भन्दा बढी चासो र जनताको माझमा पुगेर सम्मान पाउने प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की बनेका छन् ।

विकास निर्माण प्रेमी कार्की जिल्ला तहका ठुला ठालु भन्दा दुर्गम भेगका जनतासंग बढी परिचित रहेका छन् । उनलाई जनस्तरबाट समेत निजामति सेवाबाट अवकास पाई रहदा उच्च सम्मानका साथ विदाई गरेका छन् । सिन्धुलीमा रहदा स्थानीय विकास अधिकारी वा प्रमुख जिल्ला अधिकारी रहदाका उल्लेखनीय कार्य जनताले प्रत्यक्ष महसुस गरेका छन् ।

किन जनताले उत्साह पुर्वक विदाई गरे सिडयो कार्कीलाई 

सिन्धुलीमा २०६२ सालमा स्थानीय विकास अधिकारीको रुपमा तारावहादुर कार्की पहिलो पटक आउँदा जनताको समस्यालाई सहजताका साथ सुनुवाई गरेका थिए ।  तात्कालिन समयमा जनताको कम दरवारियाको चाकडीमा वढी गर्नु पर्ने थियो । कार्कीको विशेषत जिल्लाको विकासमा जुनार क्षेत्रका किसानको समस्यालाई ग्रामिण सडक विस्तार गर्नु एक प्रशंसनिय कार्य हो । शाहीकाल त्यसमा पनि दरवारले मनोनित गरेका प्रतिनिधि सितिमिति थिएन त्यहाँ वजेट छुट्याउन नसकेका बेला उनले जोड तोडले दुरदराजका नगरिकका आवाज सुने । शाहीकालका मनोनित संग लामै विवाद उनले २० लाख छुट्याएरै जनताको विकासकालागि पहल कदमी कार्यको सुरुवाती उदाहरण देखाए । जनताको पक्षमा काम गर्दा स्थानीय विकास अधिकारी तारावहादुरलाई वहुदलवादीको आरोप राम्रै संग लगाए । उनको कार्य प्रति कसैले विमत्ति जनाउदा विभिन्न देशका उदाहरण देखाएर मानिसलाई आफनो निर्णयमा सकरात्मक बनाउन सक्नु उनको निकै राम्रो कला थियो । त्यही कला, जनताको पक्षमा अडानका कारण छुट्याईएको २० लाख अहिले उनकालागि वर्दान बनेको छ । त्यो रकमले महाभारतै महाभारत ट्रयाक खोलिए पछि अझै त्यस क्षेत्रका जनता प्रमुख जिल्ला अधिकारीलाई स्थानीय विकास अधिकारीको रुपमा चिन्दछन् ।

योत एउटा कार्कीको पहल कदमी प्रयास उदाहरण मात्र हो महाभारत क्षेत्रमा कृषि सडकको रुपमा विकास गर्नु, यत्ति छिटै महाभारतमा सडक सञ्जाल जोडिनु पनि कार्कीकै योगदान रहेको छ । 

स्थानीय विकास अधिकारीको रुपमा २०६५ साल सम्म काम गर्दा सिन्धुलीका जनता उनकै पक्षमा वकालत गर्ने भएका थिए । फेरी दोश्रो पटक तारावहादुर कार्की प्रमुख जिल्ला अधिकारको रुपमा सिन्धुली आउदा जनता झन आशाबादी वनेका थिए । ति जनताका आशा के कति पुरा गरे या गरेनन् त्यो बहशको विषय बन्ला तर बर्षौ देखी रोकिएको खिम्ती ढल्केवर २२० के भी प्रसारण लाईनलाई आफनै कार्यकालमा सफला पुर्वक सम्पन्न गर्न सफल भए । विद्युत लाई विस्तारका क्रममा मुआव्जाका कारण विवादको चरम रुपमा थियो । यो विवाद सल्टाउन अघिल्ला प्रशासकले पनि पहल गरे तर उनको चट्टानी अडानका कारण सफला पुर्वक सम्पन्न गराउनु प्रमुख जिल्ला अधिकारीको अर्को जनताले देखेको कार्य हो ।  जिल्ला प्रशासन कार्यालय वाट सम्पादन हुने कामलाई साँच्चै छिटो छरितो बनाउनु, सिडियो भेट्न डराउने सर्वसाधरण संग वसेर घण्टौ गफिने र समस्या समाधानमा आफै तल्लिन हुने कार्कीको विशेषता रहेको थियो । कहि कतै बाट आएको गुनासोमा समेत तत्काल समन्यय गरेर समाधान गर्ने स्वभावका कारण उनि आज जिल्ला बासिको लागि सजिलो सिडियो वन्दै प्रशंसा बटुलेर अवकास बुझेका छन् ।

उनले गरेका अनगिन्ति कार्यहरु परिवर्तन कारी रहेका छन् । राम्रो गर्दा गर्दै कहि कतै केही कुरा तलमाथि गरे या गरेन्न त्यस विषयले चर्चा पाउन सकेको छैन । जिल्लाको विकास र जनताको सेवाका पक्षमा कटरताका साथ वकालत गर्ने कार्कीलाई राज्यले उच्च मूल्याङकन गर्न नसके पनि सिन्धुलीमा नागरिक स्तरबाट भने भव्य सम्मानका साथ अनिवार्य अवकासमा सम्मान गरेका छन् । सिन्धुली बसाईका क्रममा प्रशासक एउटा शासक भन्दा पनि सहजकर्ताको रुपमा जनतासंगै घुलमिल भएर काम गर्नु पर्छ भन्ने उनको राम्रो शन्देस रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »