प्रधानमन्‍त्री आजै देउवा मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा !

प्रकाशित समय 10:27 PM

काठमाडौं , २५ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेको बालुवाटार स्रोतको जानकारी दिएको छ ।


देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट मन्त्री थपेर सरकार विस्तारको तयारी गरेका हुन् । राप्रपा प्रजातान्त्रिकले ४ मन्त्रालय माग गरेपनि देउवाले तीन मन्त्रालय दिन सक्ने बताइरहेका छन् ।

राप्रपाबाट दीपक बोहरा, विक्रम पाण्डे, रामकुमार सुब्बा  र सुनिल थापाको नाम चर्चामा छ । देउवाले भनेअनुसार राप्रपा प्रजातान्त्रिक सरकारमा गए चर्चामा रहेका चारमध्ये तीन जना मन्त्री बन्ने सम्भावना बलियो छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा भएपनि अझै टुंगोमा पुग्न नसकेको जानकारी दिए । राप्रपाको कति र कोको मन्त्री बन्ने अझै टुंगो लागिनसकेको उनले बतार । ‘आजभोलिमा मन्त्रिपरिषद् बिस्तार हुन्छ, छलफल अन्तिम चरणमा पुगेको छ’ उनले भने ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय मध्येबाट तीन मन्त्रालय राप्रपालाई दिने तयारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »