जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

प्रकाशित समय 9:02 PM
सिन्धुली,२५ भदौँ – सिन्धुलीमा अन्तर जिल्ला स्तरियचित्रकला प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यलय एसोसिएसन नेपाल  (एन.प्याव्सन) सिन्धुली शाखाको आयोजना तथा समय पाठशाला, धुराबजार सिन्धुलीको प्रायोजनमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।


प्रतियोगिता राष्ट्रिय बाल दिवस २०७४ को पुर्व सन्ध्यामा आयोजना गरिएको आयोजकले जनाएको छ । प्राथमिक तहको जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । 

उक्त प्रतियोगितामा एन प्याब्सन सिन्धुली अन्तर्गतका विभिन्न विद्यालयबाट पन्ध्र जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । जसमा स्कलर्स एकेडेमी भिमान सिन्धुलीका रोहित विश्वकर्मा पहिलो, समय पाठशाला धुरावजार सिन्धुलीका छिरिङ्ग घलान दोस्रो र गाइड इंग्लिस बोर्डिङ स्कुल रातामाटा सिन्धुलीका अभिषेक नौबागे तेस्रो भएका छन् । 

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो साथै अन्य सम्पुर्ण सहभागी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

समय पाठशाला सिन्धुलीका प्रिन्सीपल तथा एन. प्याव्सन सिन्धुलीका उपाध्यक्ष सोनाम बज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सगुन सौगात मिडिया प्र.लि.का अध्यक्ष विनोद रायमाझी अतिथीहरुमा भगवती आवासिय इंग्लिस बोर्डिङका संस्थापक प्रिन्सीपल कृष्णकुमार उप्रेती, , एन. प्याव्सन सिन्धुलीका सल्लाहकार रमाकान्त सुवेदी, ,रेडियो शिद्धबाबा सिन्धुलीका स्टेसन म्यानेजर टिकाजंग थापा, सिन्धुली पाठशालाका संस्थापक बसन्त श्रेष्ठ, गाइड इ. बो स्कुलका संस्थापक देव विक्रम थापा, समय पाठशालाका भाइस प्रिन्सिपल तथ संस्थापक डिलेन्द्रकुमार बज्यू लगायतको उपस्थिती रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »