Powered by Blogger.
दाह्री ग्याङ सिन्धुलीद्धारा कविता बाचन प्रतियोेगिता

सिन्धुली,२५ भदौ – दाह्री ग्याङ सिन्धुलीले  कमलामाई नगरपालीकामा नगर विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठानको सहकार्य, दाह्री ग्याङ सिन्धुलीको आयोजनामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो ।

बालबालिकामा लुकेर रहेका प्रतिभालाई प्रस्फुटित गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको दाह्री ग्याङ सिन्धुलीले जानएको छ । प्रतियोगितामा न्यू इङ्लिस बोर्डिङ स्कुलकी छात्रा प्रस्तुती अधिकारी प्रथम, आधुनिक नमुना वोर्डिङ स्कुलकी छात्रा अरुणा सुयाल द्वितिय, साइनिङमुन एकेडेमीका छात्र सबुत पोखरेल तृतीय तथा सिद्धबाबा बोर्डिङ स्कुलकी छात्रा अमृता नेपाली सान्त्वना भएका छन् ।


उमानाथ शास्त्री सिन्धुलीय प्रतिष्ठानका अध्यक्ष प्रज्वल सिन्धुलीयको अध्यक्षता तथा दाह्री ग्याङ संयोजकद्वय जगदिश भण्डारी प्रमुख आतिथ्यता र प्रदिप गैरे को विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कविता वाचन कार्यक्रमलाई न्यू कृपा एग्रो ट्रेडर्स, गैयादेवी हार्डवेयर सेन्टर, जनज्योति उमावि फोस्रेटार, केदार देवकोटा र दिपेन्द्र फुयालको संयुक्त प्रायोजन गरेका थिए ।

0 comments

Write Down Your Responses

second_add