सिन्धुलीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्ती मनाइयों

प्रकाशित समय 6:11 PM

सिन्धुली,२५ भदौ– नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेपाली काँग्रेस सिन्धुलीले  १०३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाएको छ ।


नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्वल वरालको सभापतित्वमा पार्टि कार्यालयमा कार्यक्रममा विपिको तस्विरमा माल्र्यापण गरिएको थियो ।

पछि नेता कार्यकर्ता कार्यक्रममा सभापति उज्वल वराल,  सचिव दिपक घिमिरे,पुर्व सचिव उपेन्द्र पोखरेल,नरेन्द्रजङ्ग थापा, माणिक ढकाल लगाएतका नेता तथा भातृ संगठनका प्रमुख तथा शुभेच्छुकहरुले विपिले देखाएका बाटो र नेपाली राजनितिमा उनको योगदानको स्मरण गरे गर्दै बिपीको विचारलाई आत्मसाथ गर्न आदर्श भन्दा व्यावहारिक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । 


उनि हरुले लोकतन्त्र, राष्ट्रियता र समाजवाद नेपाली काँग्रेसको मूल विचार रहेको चर्चा गर्दै बिपीलाई देश र जनताले सदैव हृदयमा राख्ने बताए ।

१९७१ साल भदौ २४ गते जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी थिए । उनले २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका गर्नुभएको थियो । राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नु भएका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए । कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उनले जेल जीवन बिताएका थिए । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उहाँको निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »