Powered by Blogger.
नेराशि संगठनको नगर अध्यक्षमा दाहाल

सिन्धुली,२५ भदौ – नेपाल राष्ट्रिय शिक्षक संगठनको शनिवार भएको कमलामाई नगर स्तरीय प्रथम नगर अधिवेशनले रामेश्वर दाहालको अध्यक्षतामा कार्य समिति निर्बिरोध चयन गरेको छ ।


जस्मा उपाध्यक्ष वकिल बहादुर सिजाली,महिला उपाध्यक्ष निर्मला देवकोटा,सचिव लेख वहादुर कार्की ,कोषाध्यक्ष गुणराज पौडेल,सह–सचिब शर्मिला कुमारी काफ्ले,सह–कोषाध्यक्ष शान्ता आले लाई चयन गरेको छ । 

प्रदेश प्रतिनिधिहरुमा रुद्रबहादुर खडका,सोमबहादुर माझी,गणेशबहादुर थापा, महिला प्रदेश प्रतिनिधि हरुमा धनमाया राई,मिरा ढकाल लाई चयन गरेको छ ।

यसैगरि सदस्यहरुमा बिरेन्द्रकुमार यादब, नौमान सिं स्याङ्गतान,कृष्ण प्रसाद घिमिरे र जगतबहादुर श्रेष्ठलाई चयन गरेको छ । 

कमलामाई नगर अधिवेशन आयोजक समितिकाका संयोजक रामेश्वर दाहालको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन शत्रका प्रमुख अतिथि तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य टोम प्रसाद काफ्लेले शिक्षा संग सम्बन्धित विभिन्न समस्याहरु अव समाधान गर्ने वेला आएको बताए । 

उनले अवका स्थानीय सरकारसंग छलफल तथा वार्ताका माध्यमबाट समस्या समाधान गर्नु पर्नेमा जोड दिए । साथै महान पर्व विजया दशमि नजिकिदै गर्दा शिक्षकहरुलाई पारिश्रमिक उपलब्ध नगराइने शंका पैदा भएकाले तत्काल शिक्षकहरुलाई तलवको निकासा गर्न माग गरे । 

नेपाल शिक्षक महासंघ नेपाललाई ब्यवास्था गरेर राष्ट्रिय शिक्षक आयोग गठन गरेकोमा विरोध गर्दै काफ्लेले अव सवै एक जुट भएर सांगठनिक स्वरुप व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।

0 comments

Write Down Your Responses

second_add