Powered by Blogger.
प्रजिअ कार्कीलाई विभिन्न निकायद्धारा विदाई


आफुले गरेको कामको सरकारले भन्दा सिन्धुलीका नागरिकले मुल्याङकन गर्नेछन् : कार्की

सिन्धुली,२५ भदौ – सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीको अनिवार्य अवकासको पुर्व सन्ध्यामा विभिन्न संघ संस्थाले विदाईको कार्यक्रम गरेका छन् । शनिवार नेपाल पत्रकार महासंघ लगाएत सिन्धुलीका विभिन्न संघ संस्थाले विदाई कार्यक्रमको आयोजना गरेका हुन् ।


नेपाल पत्रकार महासंघ सिन्धुलीले आयोजना गरेको विदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले आफु सिन्धुलीमा रहदा मैत्रिपुर्ण व्यवहारमा जनताको सेवा गरेको बताए । जनताले तिरेको करबाट तलव बुझेको तर सेवा प्रवाहमा जनतालाई असहज र प्रशासक जस्तो नबनेको उनले बताए । आफुले नागरिकलाई सर्वोपरी ठानी सेवा प्रवाह गरेको कार्कीको भनाई रहेको छ ।

२९ बर्ष २ महिना ४ दिनको समय अवधिमा उमेरको हदबन्दीका कारण भदौ २६ गते देखी अनिवार्य अवकास पाउने उनको भनाई छ । सिन्धुलीमा कृषि सडक निर्माण, विद्युत विस्तार लगाएतका क्षेत्रमा गरेको कामको चर्चा गर्दै इमान्दार, विकास प्रेमि जनता र सकरात्मक सोच भएका सिन्धुलीका नागरिकसंग सहकार्य गर्न पाउनु सौभाग्य रहेको बताए । यस जिल्लामा रहदा  जनताको सेवा गरेको तर राज्यले मुल्यांकन नगरेपनि आफुले गरेको कार्यको सिन्धुलीका जनताले मुल्यांकन गर्ने बताए । नेपालमा कामको आधार, कार्य सम्पादन भन्दा पनि चाकडीका आधारमा कर्मचारीको मुल्यांकन हुने गरेको बताए ।

सिन्धुलीमा पनि सञ्चार क्षेत्रको विकास भएको र सिन्धुलीमा रहेका सञ्चार माध्यमलाई अझै सन्तुलित समाचार लेख्दै सञ्चारका माध्यमबाट विकास र परिवर्तनको सम्भावना खोज्न उनले आग्रह गरे । सदैव जनपक्षिय समाचारलाई निरन्तरता दिदै नेपाल सरकारका निति जनतालाई र जनताका आवश्यकता सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने उनको भनाई थियो ।

कार्कीले जिल्ला बासिकै अथक साथ र सहयोगले आफुले लामो समय देखी रोकिएका विभिन्न विकास निर्माणका कार्यलाई निरन्तरता दिएको बताए । निजामति सेवामा सवै भन्दा बढी सिन्धुलीमा रहेर काम गरी सिन्धुली बाटै अवकास पाउनु सौभाग्य ठानेको उनको भनाई छ ।

पेशागत सन्तुष्टिमा नै आफुले उमेरका कारण अवकास पाएको र यसमा आफु सन्तुष्टि रहेको बताए । उनले विगतमा सिन्धुलीका पत्रकार, जिल्लावासीले देखाएको सदभाव, माया, ममतालाई निरन्तरता पाउने आशा व्यक्त गरे । फेरी पनि सार्वजनिक जिम्मेवारी पाए जनताको सेवागर्ने नत्र अवको समयलाई अध्ययनशिलतामा विताउने बताए । 

पत्रकार महासंघ सिन्धुलीका सभापति राजन कार्कीले प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीलाई टोपि, दोसल्ला ओढाई मायाको चिनो प्रदान गरे । विधाई कार्यक्रमको समापन गर्दै सभापति कार्कीले सिन्धुलीमा ताराबहादुर कार्की स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारीको रुपमा रहदा भएको परिवर्तन जिल्ला बासिले बिर्सन नसक्ने बताए । विकास निर्माण र परिवर्तनका सवालमा प्रशासक भन्दा पनि एक सहजकर्ताको भई जिम्मेवारी सहजताका साथ पुरा गरेको बताए । 

यसैविच ग्रामिण विकास समाज सिन्धुलीले पनि शनिवार प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीलाई सम्मान तथा विदाई गरेको छ । माझिटारमा रहेको कार्यालयमा संस्थाका अध्यक्ष दिनेश अधिकारीले खादा, पुष्प गुच्छाका साथ मायाको चिनो प्रदान गर्नु भएको थियो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी कार्कीले सिन्धुलीका महाभारतमा सडक सञ्जाल र हेटौडा चतारा राजमार्ग, खिम्ति ढल्केबर २२० केभि विद्युत प्रशारण लाई, खानेपानी आयोजना लगाएतका क्षेत्रमा आफुले नागरिकले न्याय पाउने गरि काम गरेको बताए ।

ताराबहादुर कार्की २०६२ साल देखी २०६५ साल सम्म सिन्धुलीमा स्थानीय विकास अधिकारी र २०७२ साल फागुन देखी प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका थिए ।

ग्रामिण विकास समाजका अध्यक्ष दिनेश अधिकारीले सिन्धुली जिल्लाको विकासको अभिभावक लाई सिन्धुली जिल्लाले पदिय जिम्मेवारी बाट विदा गरेको बताऐ । विगतमा विकासका विभिन्न पुर्वाधारहरुलाई प्रमुख जिल्ला अधिकारीले गरेको कामको उल्लेखनीय कार्यहरु जिल्ला बासिले बिर्सन नसक्ने बताए । जनताले स्थानीय विकास अधिकार हुँदा वा प्रमुख जिल्ला अधिकारी हुदा दुवै बखत विकासको अनुभुति गर्न पाएको उनको भनाई थियो । 

विदाई कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरुले पनि प्रमुख जिल्ला अधिकारीलाई सम्मानका साथ विदाई गर्दै अवका दिनमा पनि सफलताको कामना गरेका थिए ।

0 comments

Write Down Your Responses

second_add