Powered by Blogger.
५४ वटा विद्यालयमा ८६ वटा टिएलसि निर्माण

जीविकोपार्जन तथा साना उद्यमशिलता विकास परियोजना सञ्चालनमा

सिन्धुली,२५ भदौ– सहकार्य नेपाल सिन्धुलीले विपतमा शिक्षा परियोजना सम्पन्न भएको छ । परियोजना अन्र्तगत गरेका कार्यक्रमहरुको वारेमा आज सरोकारवाला निकायहरुलाई जानकारी गराएको छ । सन् २०१६ अप्रिल देखी २०१७ अगष्ट सम्म गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो ।


विपतमा शिक्षा परियोजना अन्र्तगत सहकार्य नेपाल सिन्धुलीले साविकका बस्तिपुर, अमले, पोखरी, पिपलमाडी, महेन्द्रझ्याडी, कल्पबृक्ष, आम्बोटे, जिनाखु र कमलामाई नगरपालीकामा विद्यालयका भौतिक पुर्वधार निर्माण गरेको जनाएको छ । युरोपियन युनियन युनिसेफ फिन चर्च एण्ड एफसिएको आर्थिक आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय सिन्धुलीको समन्वय र सहकार्य नेपालको आयोजनामा परियोजना सञ्चालनमा रहेको थियो ।

परियोजनाबाट पुर्वाधार सहयोगमा ५४ वटा विद्यालयमा ८६ वटा टिएलसि, शौचालय १ सय ५० वटा, हात धुने स्टेशन ६६ वटा र ६० वटा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको सहकार्य नेपाल सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले जानकारी दिए । अहिले सम्पन्न परियोजनाबाट ६ हजार १ सय ५२ छात्रा, ५ हजार ६ सय ७८ छात्र गरि ११ हजार ८ सय ३० जना विद्यार्थी लाभान्वित भएको उहाँले जानकारी दिए ।

साथै परियोजना अवधिभर स्थालगत आधारभुत सर्वेक्षण, स्थानीय स्तरमा सरोकारवालहरुसँग बैठक, युनिसेफ र एफ.सी.ए. बाट उपलब्ध गराइएको शैक्षिक तथा खेलकुद सामग्री वितरण, शैक्षिक तथा खेलकुद  सामग्रीको तथा सरसफाई स्वच्छता सम्बन्धी अभिमुखिकरण कार्यक्रम, प्राथामिक उपचार बाकस वितरण तथा अभिमुखिकरण कार्यक्रम लगाएतका गतिविधि सम्पन्न गरिएको सहकार्य नेपाल सिन्धुलीले जनाएको छ ।

कार्य क्षेत्रभित्रका ६० वटा विद्यालयहरुमा मनोरन्जनका सामाग्री ए सय बक्स, कथाको झोला एक सय थान, विद्यालय बाकस २ सय ६० थान र ८७ था बाकस बालविकासका सामाग्री उपलब्ध गराइएकोे बताईएको छ । ११८३० बालबालिकाहरुले शैक्षिक तथा खेलकुदका सामाग्रीहरुको उपयोग गर्न पाएको सहकार्यले जनाएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शंकर बर्माले अव गाउँपालीका तथा नगरपालीकाले शिक्षाका सवालमा एकरुपता कायम गर्ने बताए । विगतमा शिक्षामा लगानी आवश्यक पर्ने स्थानमा खर्च नभएको गुनासो आएका वेला अव निर्वाचित जनप्रतिनिधिले यस्ता गुनासा आउन नदिने बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले विद्यालयको भौतिक पुर्वधारमा लगानी गरि शिक्षाको पहुँचलाई जोड दिएकोमा दातृ निकाय र साझेदार संस्थालाई धन्यवाद दिए । राज्यले दुरदराजमा अझै व्यवस्थित विद्यालय बनाउन लगानी गर्न नसकिरहेका बेला विभिन्न दातृ निकायले गर्नुले पनि नेपाल सरकारको लक्ष्यलाई पुरा गर्न सहयोग गर्नु रहेको बताए ।

कमलामाई नगरपालीकाका प्रमुख खड्ग बहादुर खत्रीले विद्यालयको भौतिक संरचना निर्माण पछि व्यवस्थापन गर्नु मुख्य कुरा रहेको बताए । सवै मिलेर शैक्षिक क्षेत्रको सुधार गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा दातृ निकाय, साझेदार संस्था, राजनैतिक दल शिक्षासंग आवद्ध विभिन्न निकायका प्रतिनिधि लगाएतले धाराणा व्यक्त गरेका थिए ।

परियोजना कार्यान्वयनमा बर्षाको समयमा बाटो विग्रेका कारण सामान ढुवानीमा समस्या, विद्यालयमा लामो समयसम्म सार्वजानिक विदा पर्नाले विद्यालयको नियमित अनुगमन कार्यमा सहभागितामा समस्या, कार्यक्षेत्र दुर्गम भएको हुदा भवन निर्माणका लागि जग्गा अभाव भएको, स्थानीय स्तरमा दक्ष कामदार र स्थानीय स्रोत साधनको अभावले ठेकदारले समयमा कार्य सम्पन गर्न नसकिएको बताईएको छ । 

परियोजना सम्पन्न गर्न वर्षातले कार्यक्षेत्र सम्म जाने बाटो विग्रेको हुदा भरिया मार्फत सामग्री ढुवानी गरिएको, कार्यक्षेत्र दुर्गभ÷भिरालो भएको हुनाले भवन निर्माण गर्ने स्थाल सम्याउन डोजर र स्थानीय कामदारको प्रयोग गरी निर्माण स्थल सम्याइएको, स्थानीय स्तरमा दक्ष कामदार र स्रोत सामग्री उपलब्ध नहुदा बाह्रय स्थानबाट दक्षकामदार झिकाइ कार्य सम्पन गरिएको सहकार्यले जनाएको छ ।

यसैविच जनवरी २०१७ देखी डिसेम्बर २०१९ सम्म जीविकोपार्जन तथा साना उद्यमशिलता विकास परियोजना सञ्चालनमा रहेको बताईएको छ । सो परियोजना साविवका पिपलमाडी, महेन्द्रझ्याडी, कल्पबृक्ष गाविसमा सञ्चालन रहेको सहकार्यले जनाएको छ । जसबाट ६ सय घर परिवार लाभान्वित हुने छन् ।

पूर्व सन्चालनमा रहेका सहकारीको सशत्तिकरण वा नयाँ सहकारीको निर्माण गरि सर्वसाधरणहरुको वित्तिय क्षेत्रमा पहुँच अभिबृद्धि गर्ने, विपन्न तथा सिमान्तकृत समुदायलाई कृषि तथा गैरकृषि जन्य स्रोत साधनसगँ सम्बन्धीत तालिमको व्यवस्था गरि उत्पादीत बस्तुहरुलाई राष्ट्रिय स्तरको बजार क्षेत्रमा पहुँच अभिबृद्धि गर्दै जिवीकोर्पाजनमा सुधार ल्याउने उद्धेश्यले परियोजना सञ्चालन गरिएको संस्थाका अध्यक्ष अधिकारिले जानकारी दिए । 

परियोजना अवधिभर परियोजनाका क्रियाकलापहरुसँग सम्बन्धीत जिल्ला तथा साविकका गाविस स्तरमा प्रारम्भीक भेला तथा बैठक संञ्चालन गर्ने, समुदायमा रहेका विद्यमान संघ सस्था उद्यम तथा स्रोत साधनहरुको पहिचान तथा नक्साङ्कन गर्ने, सहकारी शिक्षा कार्यक्रमको संचालन गर्ने, टोल अभियान संचालन गर्ने, वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने  बताईएको छ ।

0 comments

Write Down Your Responses

second_add