Powered by Blogger.
प्रहरीमाथि सर्वसाधारणको प्रश्नै प्रश्न

‘ दादागिरी देखाउँदै गुण्डागर्दी गर्ने डनहरुको वर्गीकरण गरी कारबाही गरिने’


सिन्धुली,२४ भदौँ – जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रमा सहभागी भएका सर्वसाधारण जनताले प्रहरी समक्ष अनेकन प्रश्नहरु तेस्र्याएका छन् ।


जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा लागुऔषध,सडक तिव्रगती,चालक अनुमती विना यातायात संचालनमा वृद्धि हुँदा पनि प्रहरी मुख दर्शक वन्नुको कारण वारे आफ्नो भनाई सार्वजनिक गर्न प्रहरी समक्ष सर्वसाधारणहरुले माग गरेका थिए । 

कमलामाई नगरपालीका ६ धुरावजारका जयमान तामाङ्गले सदरमुकाम माढी वजारमा संचालनमा आएका अधिकांस टेम्पो चालकसँग सवारीचालक अनुपत्री पत्र(लाईसेन्स) छैन । त्यस्ता सवारी साधान विना अवरोध कसरी संचालन भैरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक टिकावहादुर केसीसँग तामाङ्गले जवाफ माग गरे । तामाङ्गले भने ‘सडकमा ट्याप खाएका केटाहरुले चलाएको मोटरसाइकलवाट मानिसहरु जोगीएर हिड्न गारो भएको छ । त्यस्ता व्यक्तीहरुलाई प्रहरी समात्न वास्तै गर्दैन ।’

सोही कार्यक्रममा सहभागी रघु लामाले खोला किनार,साँघुरो सडकहरुमा गाँजा,ट्याप खाएर वसेर सर्वसाधारणहरुलाई हैरान पारेका छन् । प्रहरी गस्ती गरी भन्छन तर प्रहरी गस्ति औपचारीकतामा सिमित देखीएको आरोप प्रहरीलाई लामाले लगाए । 

यस्तै गरी नेपालकै ठुलो भन्सार नाका विरगन्जलाई लिने गरिन्थ्यो । अहिले विरगन्जलाई तस्करीको रुपमा विपी राजमार्गले उछिनेको छ भन्ने सुनिन्छ । विपी राजमार्ग रातभरीको समयमा यातायात संचालन गर्न रोक लगाए पनि प्रहरी कार्यालय अगाडीवाट ठुलठुला गाडीहरु किन दौडीन्छन नेकपा (क्रान्तिकारी)का हरि वस्नेतले प्रहरी उपरिक्षकसँग प्रश्न गरेका थिए । राती सडकमा हुइकिने त्यस्ता गाडीहरुलाई नियन्त्रण लिए राजश्वमा वृद्धिहुने थियो उनले भने ।

हेवी इकुमेन्ट संचालक पवन कटुवालले नेपाल निर्माणको चरणमा छ । नयाँ नेपाल निर्माण अभियानमा प्रयोग हुने स्क्याभेटर,डोजर जस्ता इकुमेन्टहरु विपी राजमार्ग हुँदै जिल्लाको ग्रामिण क्षेत्रमा लैजान स्थानिय प्रशासान तथा प्रहरीले सहयोग नगरेको आरोप लगाए ।

कार्यक्रममा राजनीतिक दलहरुले चाडवाडका समयमा हुने दुर्घट्ना, अपराधिक गतीविधिहरु नियन्त्रणका लागि प्रहरी सक्रिय हुनु पर्ने धारणा राखेका थिए ।  
  
सर्वसाधारण तथा व्यवासयीले सोधेका प्रश्नको जवाफमा प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले सबै प्रकारका चुनौती समाना गर्न तयार रहेको बताए । उनले सबै तहका सुरक्षा निकायलाई कडा सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिए ।

यसैगरि जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक टिकावहादुर केसीले  लागुऔषध नियन्त्रण गर्न प्रहरी लागी परेको छ । सडकमा हुने अति तिव्रगती नियन्त्रण,विना अनुमतीपत्र सवारी साधन चलाउनेलाई कारवाही गर्न कमलामाइ नगरपालीका सँग सहकार्यगरेर कार्यक्रम अघिसारीने प्रहरी उपरिक्षक केसीले जवाफ दिए । 

विपी राजमार्गमा दश टन क्षमता भन्दा माथिका गाडीहरु संचालन हुन नदिन यातायात व्यवस्थापन विभाग वाटै पत्र आएकाले प्रहरीले विपी राजमार्गमा लोड भएका ठुला गाडी संचालन गर्न रोक लगाएको केसीले वताए ।

यस अघि कार्यक्रममा जिल्लाको  शान्ति सुरक्षाको अवस्था र रणनिति बारे आफ्नो धारणा राख्दै जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक टिकावहादुर केसीले  पछिल्लो तिन वर्ष यता जिल्लामा अपराधिक घट्नाहरु बढ्दै गएका बताए । प्रहरी उपरिक्षक केसीका अनुसार गत आर्थीक वर्ष २०७१/०७२ मा २ सय १० वटा अपराधिक घट्ना भएकोमा आर्थीक वर्ष २०७२/०७३ मा बढेर २ सय २९ वटा पुगेको छ । अझ पछिल्लो आर्थीक वर्ष २०७३/०७४मा यस्तो घट्नाक्रम २९ प्रतिशतले बढ्दै २ सय ८१ पुगेको छ ।

जिल्लामा पछिल्लो समय मदिरा तथा दुव्र्यसनीका कारण महिला तथा बालबालिकाहरु माथी जघन्य अपराधहरु हुन थालेपछि विशेष निगरानी थालेको प्रहरीको दावी छ ।  यस्तै सडक सुरक्षा तथा चाडवाडका बेला हुने चोरी डकैतीका घट्नाहरुलाई नियन्त्रण गर्न चाडवाड विशेष सुरक्षा योजना बनाइएको केसीको भनाई छ ।

प्रहरी उपरिक्षक केसीले गुण्डा गर्दी गर्ने डनहरुलाई तहलगाउँन सिन्धुली प्रहरीले कार्यालय भित्रै  जिल्ला प्रहरी कार्यालयमा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा ‘डन सेल’ स्थापना गरिएको  बताए ।

केसीले भने, ‘समाजमा दादागिरी देखाउँदै गुण्डागर्दी गर्ने डनहरुलाई तह लगाउन सिन्धुली प्रहरी कार्यालयमा ‘डन सेल’को स्थापना गरिएको छ ।’ गुण्डागर्दीका नाममा समाजमा शान्ती सुरक्षा खलल गर्नेहरुलाई पक्राउ गरी डन सेलले आवश्यक अनुसन्धान गरी कारबाही गर्ने उनको भनाई छ ।

‘यसका लागि प्रहरीले आवश्यक तयारी गरेको छ । जिल्लामा ससाना झुण्डमा रहेको गुण्डादेखी राष्ट्रिय रुपमा अपराध गर्दै आएका डनहरुको वर्गीकरण गरी उनिहरुलाई नियन्त्रणमा लिने र कारबाही गरिने छ,’ उनले बताए ।

नेपालीहरुको चाडवाड नजीकिदै जाँदा जिल्लामा अपराधिक घट्नाहरु बढ्दै गएपछि यस्ता कृयाकलापलाई न्यूनिकरण गर्नका लागि पनि विशेष योजना बनाएर डन सेल सञ्चालन गरी गुण्डाहरुमाथी अप्रेसन सुरु गर्ने उनको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले  मुस्कान सहितको प्रहरी सेवा दिँदै आएको प्रहरीले जिल्लामा सुधार आफैबाट गरौं भन्ने योजनालाई अघि सारेको बताए । ‘प्रहरीले आफैबाट आँचरण सुधार गर्दै नागरीकसंगको सम्बन्धलाई सुमधुर बनाउँन सके नागरीक र प्रहरी विचको शान्ति सुरक्षालाई राम्रो बनाउँन सकिने छ । यसका लागि प्रहरीले सुधार आफैबाट गरौं भन्ने कार्यक्रम लिएर नागरीकसम्म आउँदै छौं,’ शर्माले भने ।

जिल्लामा घरेलु मधिरा उत्पादन, वेचविखन, लागुपदार्थको ओसार पसार र प्रयोगलाई कमी ल्याउन ४० वुँदे विशेष योजनाका साथ काम थालीएको शर्माको भनाई छ ।


0 comments

Write Down Your Responses

second_add