निसास्सियर एकको मृत्यु, एक अचेत

प्रकाशित समय 8:27 PM
सिन्धुली ,४ माघ– सिन्धुली जिल्लाको बेलघारी गाविस्थित छरछरेमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न बसेका कर्मचारीको एकजना साथिको निसास्सिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय  सिन्धुलीका अनुसार व्याट्री राखेको कोठाभित्र सुतेको अवस्थामा शनिवार स्थानिय जय बहादुर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिपीन ओझाका अनुसार मादक पदार्थ सेवन गरि सुरक्षा गार्ड बिर बहादुर दोङ्गसँग साथी गएका गोलेको निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुरक्षा गार्ड दोङ पनि गम्भिर घाइते भइ उपचारका लागि काठमाडौं लगिएको छ ।

 कोठा भित्र ब्याट्रि राखेको र कोठा बन्द हुदा अक्सिजनको अभाब रहि सो घट्ना भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको र मृतको लाश पोष्टमार्टम कार्यको लागि जिल्ला अस्पताल  ल्याएको प्रहरी निरिक्षक ओझाल बताए ।

गत शुक्रबार राती सुतेका एक जना मृत र एकजना अचेत अबस्थामा  शनिवार विहान  स्थानीयले भेट्टाएका थिए । 

उता टेलीकमको लापरबाहीका कारण एउटै कोठामा सबै सामान र जेनेरेटर समेत सञ्चालन गरेका कारण अक्सीजनको अभावका कारण ज्यान गुमाउनु परेको मृतक गोलेका छोरा तिर्थबहादुर गोलेले बताए । उनले भने, ‘टेलीकमको चरम लापरबाही कारण बुबाले ज्यान गुमाउनु पर्‍यो । पहिला देखिनै साँघुरो कोठामा बस्न अफ्टेरो भएकाले अर्को बनाउन सम्बन्धित निकायलाई पटक पटक अनुरोध गर्दा समेत नमानेका कारण यस्तो घट्ना भयो ।’

उनले टेलीकमको लापरबाहीका कारण बुबाको ज्यान गएको भन्दै उचित क्षतीपुर्ती नपाएसम्म शब जिम्मा नलिने जनाएका छन् । 

मृतकका आफन्तलाई दश लाख रुपैयाँ क्षतीपुर्ती र अचेत अवस्थामा रहेकाको शिघ्र उपचारको व्यवस्था नगरेसम्म शब नबुझ्ने स्थानीय इच्छाबहादुर खड्काले बताए । उनले भने, ‘टेलीकमले मृतकका आफन्तलाई उचित क्षतीपुर्ती र अचेत अबस्थामा रहेकाको उपचारको प्रबन्ध मिलाउनु पर्छ अन्यथा हामी मृतकको शब कुनै हालतमा बुझ्दैनऔं ।’

उनिहरुले मृतकका परिवारलाई रोजगारको समेत ग्यारेन्टी गर्नु पर्ने माग गरेका छन् । 

नेपाल टेलिकम सिन्धुली शाखाका प्रमुख उपेन्द्र यादवले घट्ना दुःखद भएको भन्दै पिडितको मागलाई माथिल्लो निकायसम्म पुर्‍याएर सहयोग गर्ने जनाए । उनले मृतक गोले कर्मचारी नभएको तर, दोङको साथी भएको दावी गरेका छन् ।  

उक्त घट्नाबारे जिल्ला स्थित राजनीतिक दल स्थानीय प्रशासन, टेलिकम र पिडित परिवारविच आइतबार छलफल भएको छ । छलफलले तत्काल मृतकको काजकिरियाका लागि ३५ हजार रुपैयाँ दिने अचेत वस्थामा रहेकाको उपचार गर्ने र मृतकका आफन्तलाई उचित क्षती पुर्ति दिन नेपाल टेलिकमसंग अनुरोध गर्ने निर्णय भएको नेपाली काँग्रेस सिन्धुलीका सचिव उपेन्द्र पोखरेलले जनाए । 

‘मृतकका आफन्तका लागि उचित राहात दिलाउँन सबै राजनीतिक दल तथा स्थानीय प्रशसानले पहल गर्ने निर्णय भएको छ,’ पोखरेलले भने । पिडितहरुले शब बुझन् नमानेर क्षतीपुर्तीको माग गरेपछि जिल्ला अस्पताल सिन्धुलीमा भएको छलफलमा पिडितको माग सम्बोधन गर्ने विषयमा सर्वदलिय छलफल भएको एमालेका छत्र दाहालले जनाए ।

पिडितको मागलाई सम्बोधन गर्ने विषयमा जिल्ला स्थित राजनीतिक दल, स्थानीय प्रशासन समेत सकारात्मक भएका कारण पिडित परिवारलाई शव बुझ्न आग्रह गरिएको एमाओवादी सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए ।

 मृतक गोलेका शब जिल्ला अस्पताल सिन्धुलीमा पोष्टमार्टमका लागि  राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »