Powered by Blogger.
लागु औषध सहित चार जना पक्राउ

सिन्धुली ,३ माघ – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सुगाभवानी गाविस–९ महोत्तरीका दिपक पाण्डे सोही स्थानका सुमित कुमार पाण्डेको साथबाट लुकाई छिपाई ल्याएको लागु औषध नाईट्राभेट ट्याबलेट ३० चक्कि,१०० एम.एल.को कोरेक्स २९ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक विपिन ओझाले जानकारी दिए ।

जिल्लाको कमलामाई नगरपालीका–६ माझिटार स्थित बि.पि.राजमार्गमा चेकजांचको क्रममा शनिवार अन टेष्ट डिष्कभर मोटरसाईकलमा सवार उनीहरुको साथबाट सो परिणाममा लागुऔषध बरामद गरेको ओझाले वताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रवार लागुऔषध गाजा सहिति २ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई नगरपालिका ४ मधुटारका  गंगालाल बिश्वकर्मा र मकवानपुर जिल्ला रजैया– ७ का प्रदिप घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


बा.३० प.७६१५ नं को मोटरसाईकलमा विपिराजमार्ग हुदै सिन्धुली सदरमुकाम आउने क्रममा विपि राजमार्गमा चेकजाँच गर्दा उनीहरुको साथवाट अबैध लागुऔषध गांजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक ओझाले वताए ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाही र अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा राखिएको ओझाले वताए । विपि राजमार्ग हुदै पछिल्लो समय जिल्लामा लागुऔषधको कारोवार वढ्न थालेको छ । पछिल्लो समय महिनाको ८/१० जनाको संख्यामा लागुऔषध ओसारपसारको आरोपमा मानिसहरु पक्राउ पर्ने गरेका छन ।


0 comments

Write Down Your Responses

second_add