सिन्धुलीको मध्ये पहाडी लोकमार्गमा जीप दुर्घटना

प्रकाशित समय 2:16 AM
सिन्धुली, ३ माघ – सिन्धुलीको मध्ये पहाडी लोक मार्गमा आईतबार जीप दुर्घटना भएको छ । 

काठमाडौँबाट ओखलढुंगा तर्फ जादै गरेको ना १ ज ५४८२ नम्वरको टाटासुमो आईतबार विहान तिर सिन्धुलीको वाशेश्वर गाविस स्थित हैवारवेसी भन्ने स्थानमा दुर्घटना भएको हो ।

 दुर्घटनामा १ जना गम्भिर घाइते  रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकृत प्रहरी निरिक्षक बिपिन ओझाले बताए । घाइतेहरुलाई उपचारको लागि काठमाडाँै लगिएको उनले वताए । 

तिव्र गतिमा रहेको कारण जीप दुर्घटना भएको जिप्रका सिन्धुलीले जनाएको छ । चालक सहित ११ जना सवार रहेको जीपको चालक दुर्घटना पश्चात फरार रहेको २ जना मध्यम अन्य ७ जना सामान्य निजहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको  ओझाले वताए । घाइते हरुको नाम भने खुल्न सकेको छैन । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »