Powered by Blogger.
भूकम्पपीडितको लागिे करिब २० करोड मौसमी राहत निकाशा

चीना थापा, 
सिन्धुली,२ माघ – भूकम्पपीडितहरुका लागि आएको मौसमी राहतको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले १९ करोड ९० लाख ९० हजार निकाशा गरेको छ । जिल्लाको भूकम्प प्रभावित एक नगरपालिका र ४६ वटा गाविसमा रकम निकाशा गरेको कार्यालयले जनाएको छ ।

 प्रशासन कार्यालयले कमलामाई नगरपालिकालाई २ करोड ६३ लाख ६० हजार रकम निकाशा गरेको छ । त्यसैगरी झागाँझोली रातमाटाका लागि १ करोड ४० लाख ९० हजार र दुम्जाका लागि १ करोड १२ लाख ४० हजार निकाशा दिएको छ । नगरपालिकाका र गाविसका गरी अहिलेसम्म २१ हजार ५४४ घरधुरी भूकम्पपीडितलाई मौसमी रहात वितरण गरिएको  र ६६३ घरधुरीलाई वितरण गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

 बैशाखको भूकम्पले सिन्धुलीमा २२ हजार २१७ घरधुरी पूर्ण रुपमा क्षति भएको तथ्यांक छ । जिल्लाको पुरानो झाँगाझोली, मझुवा र जलकन्या गाविसमा नेपाल रेडक्रस सोसाईटीले मौसमी राहत वितरण गरेको थियो । पहिला १५ हजार लिएका भूकम्पपीडितको लागि नेपाल सरकारले न्यानो कपडा किन्नको लागि भनेर १० हजार रकम वितरण गरिरहेको छ । 

राहत वितरणमा अझै विवाद

सिन्धुलीमा राहत वितरणमा अझै विवाद भैरहेको छ । सिन्धुलीको अमले बस्तीपुर र बेलघारी गाविसमा १५ हजार राहत वितरण देखि लिएर मौसमी राहत वितरणमा पनि अनियमितता भएको भूकम्प पीडितहरुले बताएका छन् ।

 अमले र बस्तीपुर गाविसमा गाविस सचिवले कतै ७ हजार, कत्तै ८ हजार वितरण गरेर १० हजारमा हस्ताक्षर गर्न लगाएको भूकम्पपीडितले बताएका छन् । बेलघारी गाविसमा पनि राहत वितरणमा अनियमितता भएको भूकम्पपीडितले बताएका छन् । १५ हजारमा पनि कसैलाई १३ हजार, कसैलाई १४ हजार दिएर १५ हजारमा हस्ताक्षर गर्न लगाएको नाम नखुलाउने सर्तमा एक भूकम्पपीडितले बताए । मौसमी राहत १० हजारमा पनि कसैलाई ८ हजार, कसैलाई ९ हजार वितरण गरेर १० हजारमा हस्ताक्षर गर्न लगाएको भूकम्पपीडितको भनाई छ ।

 अमले र बस्तीपुर गाविसमा मनोमानी रुपमा रकम बाडिएको प्रति प्रशासन कार्यालयले जिल्ला ििवकास समितिलाई लिखित रुपमा छानविनको लागि पत्र पठाएको प्रजिअ नेपालले बताए । जिल्लामा धेरै गाविसमा राहत वितरणको विषयमा विवाद भैरहेको छ । कमलामाई नगरपालिकामा ३३ जना विरुद्ध उजुरी परेको छ । त्यसैगरी डाडीगुँरासे गाविसका २४ घरधुरीमा विवाद भएको जनाईएको छ । झागाँझोली रातमाटामा अझै ६५ धरधुरी विवादीत छन् भने बाशेश्वरमा ४० घरधुरी विवादीत छन् । 

नगरपालिकाद्धारा मौसमी राहत वितरण गरिसकेको जानकारी

यसैबिच कमलामाई नगरपालीका कार्यालय सिन्धुलीले भूकम्पपिडितका लागि आएको मौसमी राहत १० हजार वितरण गरी सकेको छ जनाएको छ । नगरपालीकाका २ हजार ६ सय ३६ घरपरिवार पिडित भएकोमा २ हजार ५ सय ९८ परिवारलाई वितरण गरिसकेको कार्यालयले जनाएको छ । 

३३ जना विरुद्ध मुद्धा परेकाले उनीहरुलाई मौसमी राहत १० हजार नदिईएको र ४ जनाले १० फिर्ता गरेको कमलामाई नगरपालिका कार्यालय सिन्धुलीका सुचना अधिकारी विनोदबाबु खकुरालले जानकारी दिए । मौसमी राहत १० हजार आवश्यक नभएको भनी कमलामाई नगरपालीक ६ की डम्बर कुमारी घिमिरे, नातिवाबु भण्डारी, रामबहादुर भुजेल र भुजा कार्कीले फिर्ता गरेका हुन् । 

कमलामाई नगरपालीका ६ बाट ११ र १२ वडा बाट २२ जना विरुद्ध गैर भुकम्प पिडितभई १५ हजार लिएको भनी मुद्धा परेको छ । उनीहरुको बारेमा अनुसन्धान भईरहेको र भुकम्प पिडित या गैर भुकम्प पिडत भन्ने फैसल नभएकाले उनीहरुलाई १० हजार नदिईने र अनुसन्धान पछि पिडित भएको भएमो १० हजार दिईने र नभएमा लिएको १५ हजार रुपैंया फिर्ता गराईने खकुरालले बताए ।

0 comments

Write Down Your Responses

second_add