Powered by Blogger.
भूकम्प पछिको पुनः निर्माणमा निकै ढिलाई ; महत


सिन्धुली,२ माघ – नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थ मन्त्री डा.रामशरण महतले भूकम्पपछिको पुनः निर्माणमा सरकारले ढिलाई गरेको बताएका छन ।

नेपाली काँग्रेस सिन्धुलीले शुक्रबार दिउसो सदरमुकाम सिन्धुलीमाढीमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारसँगै पर्याप्त रकम हुदाहुदै पनि पुनः निर्माणमा ढिलाई भई रहेको गुनासो गर्नु भएको हो । पुनः निर्माणमा सरकार गम्भिर नएको पनि उनले बताए ।

‘चार खर्ब रुपैया त दाता सम्मेलनबाटै प्रतिबद्धता आई सकेको छ,’ उन्ले भने, ‘कतिपय विकासका काम आफैले नै गर्न सक्ने रकम देशकै ढिकुटीमा छ । तर पुनः निर्माणको काम सुरु गर्न केले रोकेको छ ? भूकम्प पीडित खान नपाएर मरेको भन्ने सुनिएको छैन । अहिले बरु न्यानो कपडा नपाएर अहिले मान्छे मरि रहेका छन् ।’ भूकम्प र मधेश आन्दोलनले नेपालको अर्थ व्यवस्था शिथिल बनेको पनि उनको भनाई थियो ।

नेता महतले मधेश आन्दोलनले नेपाली जनताले प्राप्त गरेको हक अधिकारमाथि अतिक्रमण गरि रहेको बताउनले भने, ‘हात हल्लाउन त पाईन्छ, तर अर्काको नाकमा ठोकिने गरि हल्लाउन पाईदैन । अहिले भई रहेको मधेश आन्दोलन ठिक त्यस्तै भई रहेको छ ।’ ‘आन्दोलन गर्ने अधिकार मधेशका नेताहरुलाई त छ, तर नेपाली जनताले प्राप्त गरेको हक अधिकारमाथि अतिक्रमण गर्ने अधिकार उनीहरुलाई छैन ।’ 

संविधान संसोधन गरी मधेश आन्दोलन अब चाँडै टुंगिने उनको भनाई थियो । गुटबन्दिभन्दा माथि उठ्ने संस्कृतीको काँग्रेसमा आवश्यकता रहेको नेता महतले बताए । पार्टीको आसन्न महाधिवेशनका लागि सभापति पदको उमेद्वार देखिएका शुशिल कोईराला र रामचन्द्र पौडेल मध्ये कस्लाई सहयोग गर्नु हुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले आफु पनि उक्त पदको उम्बेद्वार बन्न सक्ने बताए । काँग्रेसलाई गुटबन्दीको राजनीतिबाट माथि उठाउने चुनौती भएको उनको भनाई थियो । 

सत्तामा टिक्नका लागि जे पनि गर्नुपर्छ भन्ने मान्यता अहिले देशमा सिर्जना भएको चर्चा गर्दै उनले सत्ता प्राप्ती मात्रै केन्द्र बिन्दु नभएको बताए । ‘६–६ जना उपप्रधान मन्त्री, मन्त्रालय फुटाएर राज्यलाई नोक्सान पार्ने काम भई रहको छ । आखिर यो केका लागि ?’ उनले भने ।

अहिले देशमा राजनीतिक अस्थिरता बढेको चर्चा गर्दै उहाँले देश विकास राजनीतिक स्थिरता र समर्पण भावले मात्रै हुने ठोकुवा गरे । देश विकासका लागि दलगत स्वास्र्थभन्दा माथि सबै उठ्नु पर्ने नेता महतको भनाई थियो । उनले नेपाली काँग्रेसभित्र सदस्यता विवाद पनि टुंगि सकेको बताए ।

विश्वकै उत्कृष्ठ अर्थ मन्त्री भनि आफुले पाएको एवार्ड नेपालकै सम्मान भएको उनको दावि छ । ‘न त नेपालको अर्थ मन्त्रीलाई विश्वमा कस्ले चिन्छ र ?’ उनले भने ।

0 comments

Write Down Your Responses

second_add